Comments Add Comment

‘पढ्न जाने’ मोबाइल एप सार्वजनिक

काठमाडौं । नेपालमा पढ्ने र विदेशमा उच्च शिक्षा पढ्न चाहनेहरुलाई लक्षित गर्दै मोबाइल एप सार्वजनिक गरिएको छ ।

हालै स्थापना भएको सोसियल इनोभेसन हब विकास उद्यमीले ‘पढ्न जाने’ नामको एप ल्याएको हो । एपमा नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालय तथा तिनमा रहेका विभिन्न कोर्स र छात्रवृत्तिका साथै आवेदन दिने प्रक्रियाहरुको बारेमा जानकारी पाउन सकिने जनाइएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पा, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल र गेट कलेजका सीईयो खेमलकाईको उपस्थितिका बीच एप सार्वजनिक गरियो ।

यो एप्लिकेसन एन्ड्रोइड मोबाइलको गुगल प्लेस्टोरमा padhnajane टाइप गरेर डाउनलोड गर्न सकिने तथा वेबएप http://www.padhnajane.com मा समेत हेर्न सकिने विकास उद्यमीले जनाएको छ । एप्लिकेसनले नेपाल, अमेरिका, जापान र अष्ट्रेलियामा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा तथा ट्रेनिङ इन्स्टिच्युटहरु, कलेज, युनिभर्सिटी र छात्रवृत्तिका अवसरहरू खोज्न सहयोग पुर्‍याउने उद्देश्य लिएको छ ।

यो अनलाइन स्रोतले पढ्न जाने मुलुकको सूचीमा अन्य मुलुकहरु पनि थप्ने र नेपालमा पिछडिएका वर्गबाट पढ्न चाहनेहरुलाई छात्रवृत्ति दिने पनि व्यवस्था गर्न लागेको कार्यक्रममा जानकारी दिइयो ।

यो एप्लिकेसन विकास उद्यमीले युवाहरुले भर्खरै सुरु गरेको ‘टेककुञ्ज’ आईटी कम्पनीसँगको सहकार्यमा विकास गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment