Comments Add Comment

अमेरिकामा यू आकारको टावर बन्दै, विश्वकै सबैभन्दा लामो हुने

विश्वका नामी राष्ट्रहरु एक से एक शानदार भवन बनाउन प्रतिस्पर्धा गरिरहेका छन् । यही क्रममा अमेरिकामा एउटा नौलो संरचनाको भव्य टावर बन्ने भएको छ जुन विश्वकै सबैभन्दा लामो हुने बताइएको छ ।

‘द बिग बेन्ड’ नाम दिइएको यो टावर म्यानह्याटनमा बन्न लागेको हो । प्रारम्भिक रुपरेखाअनुसार यो टावर अंग्रेजी अक्षर ‘यू’ को उल्टो स्वरुपमा हुनेछ ।

माथि उचाईमा पुगेपछि फनक्क घुमेर तल जमिनमा आउनेछ । यस टावरमा राखिने लिफ्ट पनि यू आकारमा ठाडो र तेर्सो घुम्ने बताइएको छ ।

यो टावरलाई ठाडो वा तेर्सोरुपमा फैलाउँदा यसको लम्बाई चार हजार फिट हुनेछ जुन विश्वको सबैभन्दा अग्लो टावर बुर्ज खलिफाको लम्बाईभन्दा दोब्बर बढि हो । टावर कति पातलो हुन्छ भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।

द बिग बेन्डको निर्माण सेन्ट्र पार्कको नजिक ‘बिलियनियर रो’ मा हुने छ जहाँ शहरका भव्यतम् विल्डिङहरु छन् । यसलाई वान ५७ टावर (शहरको आठौं सबैभन्दा अग्लो भवन) र यस वर्षको अन्तमा तयार हुने बिल्डिङ १११ वेस्ट ५७ स्ट्रीटको बीचमा बनाइने भएको छ ।

म्यानह्याटन शहरमा निश्चित उचाईको भवनका लागि मात्र निर्माण अनुमति दिइने भएकाले यो टावरको अवधारणा आएको हो । यसको उचाई तोकिएको सीमाभित्रै भए पनि लम्बाई दोब्बरभन्दा बढि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment