Comments Add Comment

माइक्रोसफ्टले किन डुबायो समुन्द्रमा डाटा सेन्टर ?

विश्वका सर्वाधिक धनी बिल गेट्सको कम्पनी माइक्रोसफ्टले आफ्नो डाटा सेन्टर प्रशान्त महासागरमा डुबाइदिएका छन् । यस्तो खबर सुन्दा लाग्छ, बिल गेट्स बौलाएछन् । अलि फरक ढंगले सोच्दा के पनि लाग्छ भने उक्त डाटा सेन्टर खराब भयो होला र महासागरमा बिसर्जन गरिए होलान् ।

तर, दुबै अनुमान गलत छ । वास्तवमा माइक्रोसफ्टले आफ्नो डाटा सेन्टर प्रशान्त महासागरमा डुबाउनु निकै बुद्धिमतापूर्ण काम हो । यसको चौतर्फी प्रशंसा भएको छ । कम्प्युटर बिज्ञहरुका अनुसार यो राम्रो काइदा हो र यसले अर्बौ मानिसलाई लाभान्वित तुल्याउनेछ ।

हाम्रो इन्टरनेटका लागि आवश्यक हुन्छ डाटा सेन्टर

– डाटा सेन्टर हामीले प्रयोग गर्ने इन्टरनेटको प्रोसेसिङ हो । भनौ, सम्पूर्ण इन्टरनेट यहि डाटामा निर्भर गर्छ ।

– यस डाटा सेन्टर चलाउनका लागि अत्याधिक बिद्युत आवश्यक हुन्छ । यो डाटा सेन्टर विश्वको केहि भागमा बनाइएको हो ।

– केवल अमेरिकामा रहेको डाटा सेन्टर चलाउनका लागि कोइलाले चल्ने ३४ पावर प्लान्टस बराबर बिजुली खपत हुन्छ ।

– यस सेन्टरमा उपकरण चलाउनका लागि जति बिजुली लाग्छ, त्यसको करिब आधा हिस्सा यसलाई चिस्याउनका लागि लाग्छ । यदि डाटा सेन्टरलाई कुल राखिएन अर्थात चिस्याइएन भने इन्टरनेट क्र्यास हुन्छ ।

– बैज्ञानिकले उक्त बिजुली कप खपत कसरी गर्न सकिन्छ भनेर लामो समयदेखि प्रयास गरिरहेका थिए । यसैका लागि चिसो प्रदेशमा डाटा सेन्टर स्थापित गरिएको हो । यसका साथै उक्त उपकरणले घर न्यानो बनाउन एवं पानी तताउन काम गरेको छ । तर, यो त्यति प्रभावकारी भएको छैन ।

१० बर्षका लागि टेन्सन फ्री

– डाटा सेन्टरको तापक्रम घटाउनका लागि माइक्रोसफ्टमा कार्यरत बैज्ञानिकहरुले एक अनौठो काइदा निकाले । समुद्रमा डाटा सेन्टर डुवाउँदा यसको हिटिङमा कुनै समस्या हुनेछैन । किनभने पानीभित्र यो सधै चिसो रहन्छ । परिणामतः इन्टरनेट क्र्यास हुँदैन ।

– अब १० बर्षसम्म यस डाटा सेन्टर मर्मतका लागि केहि गर्नुपर्दैैन ।

३ दशमलव ५ अर्ब व्यक्तिलाई तीब्र इन्टरनेट

– इन्टरनेटका लागि ठाँउ-ठाँउमा डाटा सेन्टर आवश्यक हुन्छ । यसलाई जडान गर्नका लागि प्रशस्तै ठाँउ चाहिन्छ । तर, समुन्द्रमा लगाएपछि अन्यत्र स्थान खोजिरहनुपर्दैन ।

– यसले साढे तीन अर्ब मानिसलाई प्रत्यक्ष लाभ मिल्नेछ । खासगरी समुन्द्री किनार आसपासमा बसोबास गर्ने लाभान्वित हुनेछन्, जहाँ अहिलेसम्म इन्टरनेटको पहुँच थिएन वा धिमा गतिको इन्टेनर थियो । अब उनीहरुले तिब्र गतिको इन्टरनेट चलाउन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment