Comments Add Comment

७४४ स्थानीय तहका कार्यकारी अधिकृतलाई सातै प्रदेशमा तालिम

स्थानीय विकास मन्त्रालय भन्छ- काममा एकरुपता चाहियो

१३ चैत, काठमाडाैं । स्थानीय विकास मन्त्रालयले ७ सय ४४ स्थानीय तहका कार्यकारी अधिकृतहरुलाई अभिमुखीकरण तालिम दिने भएको छ । तालिमको सञ्चालन ७ वटा प्रदेशमा हुनेछ । तालिम चैत १५ गतेबाट सुरु भएर चैतको १७ गतेसम्म चल्नेछ ।

देशभरका स्थानीय तहबाट हुने सेवा प्रवाहमा एकरुपता कायम गराउन र स्थानीय तहको काम कारबाहीमा समानता ल्याउन मन्त्रालयले यस्तो कार्यक्रम आयोजना गरेको हो ।

स्थानीय तह नयाँ अवधारणा भएकाले त्यसको अभ्यास गर्दा दुविधा हुन सक्ने र सेवा प्रभावमा विविधता आइ अप्ठेरो अवस्था आउन सक्ने भएकाले मन्त्रालयले यस्तो अभियान चलाउन लागेको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । उनले भने, संसदको विकास समितिको निर्देशन र प्रमुख कार्यकारीहरुमा देखिएको केही दुविधाका कारण पनि अभिमुखिकरण तालिम आवश्यक देखियो ।’

मन्त्रालयले देशभरका ७ सय ४४ अधिकृतलाई प्रदेश अनुसार सात समूहमा विभाजन गरेको छ । त्यसअनुसार पूर्वका १५ जिल्ला अन्तर्गतका स्थानीय तहका कार्यकारी अधिकृतलाई बिराटनगरमा तालिम दिइनेछ ।

यस्तै सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा र महोत्तरी जिल्लाअन्तर्गतका स्थानीय तहका कार्यकारी अधिकृतहरुलाई महोत्तरीको बर्दिवासमा तालिम दिने व्यवस्था मिलाएको छ ।

यस्तै दोलखादेखि चितवनसम्मका १३ वटा जिल्ला अन्तरगतका स्थानीय तहका कार्यकारी अधिकृतहरुलाई भत्तपुर नगरकोटमा तालिमको व्यवस्था मिलाइएको छ ।

पोखरामा गोरखा देखि मुस्ताङ-पर्वतसम्मका १० जिल्लाहरुलाई समेटिएको छ । नेपालगञ्जमा १२ जिल्ला, धनगढीमा ९ जिल्ला र विरेन्द्रनगरमा ९ जिल्ला अअन्तर्गतका स्थानीय तहका कार्यकारी अधिकृतलाई तालिम दिने व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment