Comments Add Comment

केकी र प्रियंका मनपर्छः प्रमोद खरेल


दुई हजार बढी गीतमा स्वर दिएका छन् गायक प्रमोद खरेलले । पछिल्लो समय स्टेजमा ब्यस्त प्रमोद अहिले ‘लाइदेउन मायाले’ बोलको भिडियोको काममा ब्यस्त छन् । आउँदो शुक्रवार आफ्नै स्वरमा रहेको भिडियो रिलजको तयारीमा रहेका प्रमोदसँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
म ६ बजेसम्म त उठिसकेको हुन्छु । उठेपछि फ्रेस हुन्छु र दुई घण्टाजति रियाज गर्छु । ब्रेकफाष्ट चियासँगै सामान्य हुन्छ ।

आजको कार्यक्रम ?
धनगढीमा क्रिकेट प्रिमिर लिग हुँदैछ । त्यसको लागि क्रिकेटरसँग गीत गाउनु छ । उक्त गीतका लागि लगभग ३ घण्टा जति लाग्छ । आउँदो शुक्रवार मेरो नयाँ गीतको भिडियो आउदैछ । ‘लाईदेउ न मायाले’ गीतको सम्पादनमा पनि बस्नु छ ।

घरको काम कत्तिको गर्नुहुन्छ ?
पहिला काठमाण्डौंमा एक्लै हुँदा त खाना पकाउनेदेखि सबै काम गर्थेँ । अहिले त केही पनि गर्दिनँ ।

बच्चालाई स्कुल पुर्‍याउन जानुहुन्छ ?
घरमा भएको बेला जान्छु । बच्चाको स्कुल घर नजिकै भएकाले पनि सजिलो भएको छ ।

समाचारमा तपाईको रुचीको विषय ?
सबै भन्दा पहिला त आफ्नो क्षेत्र भएकाले गीत संगीतलाई नै ध्यान दिन्छु । अनि क्रिकेट । राजनीतिमा पनि चासो उत्तिकै छ ।

स्कुल पढ्दाका साथीहरु सम्पर्कमा छन् ?
ठ्याक्कै सम्पर्कमा त कोही छैन । तर, कुनै बेला भेट हुन्छ , फेसबुकमा कुराकानी पनि हुन्छ थोरै साथीसँग ।

के गर्दा रमाईलो लाग्छ ?
मलाई त संगीतसँग सम्बन्धित काम गर्दा रमाईलो लाग्छ । कुनै नयाँ गीत बनाउदा होस् या गीत गाउँदा बढी रमाईलो लाग्छ ।

नेपालको मन पर्ने ठाउँ ?
पोखरा, इलाम र आफ्नै जन्मस्थान झापा ।

झापाको के कुरा बारम्बार सम्झनुहुन्छ ?
सबै भन्दा धेरै काच्चो सुपारीको याद आउँछ । अनि आफ्नै बारीको माटो । वरपरको वातावरण पटक-पटक सम्झन्छु ।

काठमाण्डौको के कुरा देख्दा दिक्क लाग्छ ?
यहाँको घर र सडक सार्‍है अव्यबस्थित छ । होहल्ला र धुवाँ धुलोको कुरा गरिसाध्यै छैन ।

मन पर्ने मोडल ?
धेरै हुनुहुन्छ । अब मैले काम गरेको कुरा गर्ने हो भने प्रियंका कार्की र केकी अधिकारीसँग काम गरेको छु । पुरानामा गौरी दिदी, करिष्मा मानन्धर, कृष्टि मैनाली मनपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment