Comments Add Comment

हङकङमा पहिलोपटक महिला नेतृत्व


चीनको स्वायत्त क्षेत्र हङकङले पहिलोपटक महिला नेतृत्व पाएको छ । बेइजिङको समर्थनप्राप्त नेतृ कारी लाम हङकङको कार्यकारी प्रमुखका रुपमा निर्वाचित भएकी हुन् ।

हङकङमा कार्यकारी प्रमुखको निर्वाचन आम जनमतबाट नभई बेइजिङ पक्षधरको प्रमुत्व रहेको एउटा समितिले गर्ने गर्छ । उक्त छनोटको विरोधमा प्रजातन्त्रवादी समुहहरुले निर्वाचन केन्द्रबाहिर आइतबार प्रदर्शन गरेका थिए । उनीहरुले यो प्रक्रियालाई धोकाको संज्ञा दिएका छन् ।

लामका प्रमुख प्रतिस्पर्धि पूर्व अर्थ प्रमुख जान चाङ बढि लोकपि्रय रहेको जनमत सर्भेक्षणहरुले देखाएका थिए । तेस्रो उम्मेदवारको रुपमा अवकासप्राप्त न्यायधिस बु क्वोक-हिङ रहेका थिए ।

पूर्णरुपमा स्वतन्त्र निर्वाचनका लागि यस क्षेत्रमा उठ्दै आएको माग सम्वोधन भएन । सो माग राखेर सन् २०१४ मा ‘अम्बे्रला प्रोटेस्ट’ को नामले घनिभुत प्रदर्शनहरु गरिएका थिए ।

हङकङको एक हजार २ सय सदस्य रहेको निर्वाचन समितिले वर्तमान नेता सी लेउङको उत्तराधिकारीका रुपमा लामलाई चयन गरेको हो । यसअघि उनी लेउङको सहायकका रुपमा रहेकी थिइन् । लामसँग लामो समय सरकारी सेवामा काम गरेको अनुभव छ । उनी अनगिन्ति सरकारी परियोजनाहरुमा संलग्न थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment