Comments Add Comment

निर्वाचन लक्षित सुरक्षा योजना लागू गर्ने तयारी

१३ चैत, काठमाडौं । पूर्वाञ्चल प्रहरी प्रमुख डिआइजी रमेश भट्टराईले सरकारले घोषणा गरेको स्थानीय चुनाव सम्पन्न गर्नु प्रहरीको दायित्व भएकाले पूर्वाञ्चलमा निर्वाचनलाई केन्दि्रत गरी सुरक्षा योजना लागू गर्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने प्रहरीको दायित्व भएकाले पूर्वाञ्चलमा सुरक्षा व्यवस्थाका लागि सोही अनुरुपको तयारी गरिने डिआइजी भट्टराईले बताए ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा आज पत्रकार सम्मेलन गरी डीआईजी भट्टराईलेे चुनावलाई लक्षित गरी हुन सक्ने अपराध नियन्त्रण, मतदाता तथा उम्मेदवारको सुरक्षा प्राथमिकतामा रहने डीआईजी भट्टराईले जानकारी दिए ।

उनले संगठित अपराध, गुन्डागर्दीजस्ता आपराधिक प्रवृत्तिको अन्त्यका लागि प्रहरी नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने पनि बताए ।

प्रहरी सेवाको प्रवाह, अपराध अनुसन्धान तथा नियन्त्रण, सुशासन कायम गर्न प्रशासनिक सुधार, प्रविधिको अधिकतम उपयोगका साथै ट्राफिक व्यवस्थापनलाई प्रभावकारीरुपमा अघि बढाइने भट्टराईकोे भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment