Comments Add Comment

मोरङमा एसएसबीबाट मारिएका साहको परिवारले पनि १० लाख पाउने

सप्तरी घटनाका मृतकलाई राहत लिएर गृहमन्त्री राजविराज जाँदै

 

१३ चैत, काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसवीले ६ बर्षअघि गोली हानी हत्या गरेका मोरङ अमाही बरियातीका बासुदेव साहको परिवारलाई सरकारले पूर्वघोषित १० लाख राहत उपलब्ध गराउने भएको छ ।

सोमबार बिराटनगरमा हुने पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि गृहमन्त्री बिमलेन्द्र निधिले शहीदका परिवारलाई क्षतिपूर्ति रकमको चेक हस्तान्तरण गरिने गृहमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२०६७ जेठ ११ गते एसएसवीको गोली प्रहारबाट मृत्यु भएका शाहको परिवारलाई तत्कालिन जिल्ला सुरक्षा समितिले शहीद घोषणा गर्दै क्षतिपूर्ति प्रदान गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

राहत रकम लिएर गृहमन्त्री सप्तरी जाने

गृहमन्त्री बिमलेन्द्र निधिले सप्तरी घटनाको स्थलगत निरिक्षण गर्ने भएका छन् ।

गत फागुन २३ गते एमालेको मेची काली अभियानलाई अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो ।

गृहमन्त्री निधिले सप्तरी घटनाको स्थलगत निरिक्षणको लागि तयारी थाल्न गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन् ।

तयारी पूरा भएपछि केही दिनभित्रै घटनास्थल पुगेर गृहमन्त्री निधिले सप्तरी घटनामा मारिएका पाँच जनाका परिबारलाई १० लाखका दरले राहत बितरण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment