Comments Add Comment

नविनलाई नुर नंगाले गर्‍यो पुरस्कृत


‘नुर गंगा प्रतिभा पुरस्कार गुठी’ले लोक गायक नविन पौडेललाइ ३० हजार नगद सहित सम्मान गरेको छ । लुम्बिनी अञ्चलको प्रतिनिधित्व गर्दै लोक संगीतमा योगादान पुर्‍याएको भन्दै ‘नुर गंगा लोेक गायन स्थापित प्रतिभा राष्ट्रिय पुरस्कार’बाट सम्मान गरिएको हो ।

पूर्व प्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्द र सस्थाका संरक्षक अमिर प्रताप जबराले ताम्रपत्र र नगदले सम्मान गरेका थिए । गायक पौडेल २ दशकदेखि नेपाली लोक संगीतमा सक्रिय छन् ।

समाजका विकृती, बिसंगतीका घटना परिघटनालाई जस्ताको त्यस्तै उतार्न माहिर नबिनले केहि एल्बम बजारमा ल्याएका छन् । उनी अहिले स्टेज कार्यक्रममा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment