Comments Add Comment

भब्य बन्यो मेल्बर्नको ‘एम फेस्टिवल’

नेपाली म: म: मा बिदेशी लोभिए


२६ मार्च, मेलवर्न । नेपाली स्वादको म: म : त्यसमाथि मुखै रसाउने अचार, कसलाई मन नपर्ला ! सोलाङ्चरले आईतवार मेल्बर्नमा आयोजना गरेको एम फेस्टिवलले नेपाली परिकार म: म: को स्वाद मात्र चखाएन, ठुलो सङ्ख्यामा उपस्थित बिदेशी अबलोकनकर्तामाझ नेपाली कला, संगीत र संस्कृतिलाई समेत चिनायो।

आइतबार मेल्बर्नमा आयोजित एम (नेपाली मो: मो : ) फेस्टिभल भब्य बन्यो। गेटबाट भित्र पस्नासाथ सुरु हुने खानाका स्टलहरु, पछाडिपट्टी बाल उध्यान, स्टेजतिर छिर्दा राखिएको नेपाली सेवामूलक ब्यवसायका स्टलहरु, आर्ट एन्ड क्राफ्टका स्टलहरु समेत गरी फेस्टिबलमा झन्डै ३ दर्जन जति स्टल थिए।

ब्यब्स्थापकीय हिसाबले पनि फेस्टिभल उदाहरणिय देखिन्थ्यो। मेलवर्नकै उत्कृष्टमध्ये एक आउटडोर भेन्यू कोवर्ग भेलड्रोममा भएको महोत्सवमा नेपालीहरुसँगै ठूलो संख्यामा स्थानीयको उपस्थिति थियो । उनीहरु मःमको स्वाद लिँदै महोत्सवमा रमाइरहेका थिए। कार्यक्रममा नेपाली र अन्य गरी झन्डै एक दर्जन ब्यान्डले प्रस्तुती दिएका थिए भने लाखे नाच लगायत कुटुम्बको नेपाली मौलिक लोकधुनले सबैलाई नचाएको थियो।

गीत संगीत र परिकार सँगै दर्शकहरुले एक आपसमा रङ दलेर उल्लासमय बातावरणमा ढिलै भए पनि मःम महोत्सवमा होली मनाए। महोत्सवमा गोरखाको लाप्राकमा भूकम्प पीडितहरुका लागि गैरआवासीय नेपाली संघ(एनआरएन)ले बनाइरहेको एकीकृत नमूना बस्तीका लागि पनि सहयोग संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment