Comments Add Comment

डाटसनको ‘आज किनौं, पछि तिरौं’ योजनाः महिनामा ११ हजार तिरेरै गाडी


१३ चैत, काठमाडौं । डाटसन गाडीको नेपालका लागि बिक्रेता पायनियर मोटोकर्प प्रालिले डाटसन रेडी गो सम्मानित भएको अवसरमा आकर्षक अफर ‘आज किनौं, पछि तिरौं’  सार्वजनिक गरेको छ ।

सो अफरअन्तर्गत डाटसन रेडी गो  खरिदकर्ताले ईएमआई १० हजार ९०७ रुपैयाँमा ३ महिनापश्चात शुरु हुने ७.९९ प्रतिशतको व्याजदर राखिएको छ । ग्राहकले आकर्षक नगद छुट, पुनः विक्री सुविधा, ३० प्रतिशत न्यूनतम् भुक्तानी सुविधा पाउने छन् ।

यससँगै निःशुल्क वीमा, निःशुल्क सडक कर, निशुल्क एस्सेसरिज, ३ वर्ष वारेन्टि र ३ वर्ष निःशुल्क सर्भिसिङ्ग सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । हालै  मुम्वाईमा आयोजित टाइम्स अटो अवार्डमा २०१६ सब कम्प्याक्ट कार अफ दि ईयर विजेताको रुपमा डाटसन रेडी गोलाई सम्मानित गरिएको छ ।

यसअघि स्मल कार अफ दि ईयर फ्लाईह्वील अटो अवार्डमा इन्ट्रि लेभल, इण्डियाडटकममा वेस्ट स्मल ह्याच ब्याक, भिक्की डट इन पिपुल्स च्वाइस कार एण्ड बाइक अवार्डमा ह्वाचब्याक अफ दि ईयर, भ्यालू फर मनी प्याकेज गाडीवाडी डटकममा रिडर्स च्वाइस, एनडिटिभी कारमा वेस्ट ब्राण्ड एम्बेसडर अफ दि ईयर र बाइक र स्मल कार अफ दि ईयरमा एनडिटिभी कार एण्ड बाइक अवार्ड २०१७ को विजेताको रुपमा डाटसन रेडी गो सम्मानित भईसकेको कम्पनीले जनाएको छ ।

नेपालमा डाटसन रेडी गो शुरुवात देखिनै आफ्नो खण्डमा विजेताको रुपमा स्थापित रहेको कम्पनीको भनाइ छ । आकर्षक वनावट, उत्कृष्ट स्टाइलिङ्ग र बेजोड मूल्यको सम्मिश्रणले गर्दा डाटसन रेडी गो एक उत्कृष्ट कारको रुपमा स्थापित हुन सफल भएको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment