Comments Add Comment

मधेसवादी दल अन्तिम समयमा चुनावमा आउँछन्ः देव गुरुङ

'संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लगेर टुंगो लगाऔं'

१३ चैत, बागलुङ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लगेर छिटो टुंगो लगाउनुपर्ने बताएका छन् । संविधान संशोधन गर्नैपर्छ भन्ने मधेस केन्दि्रत दलको अडान र संशोधन गर्नै हुँदैन भन्ने एमालेको अडानका कारण देशले दुर्भाग्य भोग्नुपरेको भन्दै उनले अब मतदानको प्रक्रियामा लैजानु नै उत्तम हुने बताए ।

प्रेस सेन्टर नेपाल बागलुङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा नेता गुरुङले भने, ‘राष्ट्रलाई गति दिनको लागि दलहरुका फरक मतलाई प्रक्रियामा लगेर समाधान गर्नुपर्छ ।’

माओवादी केन्द्र प्रदेश नम्बर ४ का इञ्चार्जसमेत रहेका गुरुङले संविधान संशोधन प्रस्तावलाई संसदमा पेश गर्नै नदिने एमालेको अडान गलत रहेको बताए ।

गुरुङले संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई समानान्तर रुपमा अगाडि बढाउने बताए । उनले स्थानीय तहको निर्वाचनमा मधेस केन्दि्रत दलहरु पनि सहभागि हुने आशा व्यक्त गरे ।

सहमतिको लागि दलहरुबीच निरन्तर छलफल भइरहेको बताउँदै गुरुङले भने, ‘अझै पनि समय छ, अन्तिम समयसम्म मधेसवादी दलहरु पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुनेछन् ।’

– विजय रानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment