Comments Add Comment

बाराको प्रसौनीमा बेवारिसे शव भेटियो

१३ चैत, बारा । बारा जिल्लाको प्रसौनी गाविसमा आइतबार एक बेवारिसे शव भेटिएको छ । अन्दाजी ३० बर्षीया महिलाको शव पोस्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल कलैया लगेको छ ।

प्रहरीले ती महिलाको हत्या गरिएको आशंका गरेको छ । शव भेटिएको स्थान वरिपरि जमीन माडिएको अवस्थामा रहेको र मृतकको घाँटीमा काटेको घाउ भएको आधारमा प्रहरीले महिलाको कसैले हत्या गरेको आशंका गरेको हो ।

तर अहिलेसम्म मृतकको सनाखत हुन नसकेको बारा प्रहरीले जनाएको छ । प्रहरीले मृतकको परिवार र आफन्त तथा अपराधीको खोजी गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment