Comments Add Comment

गोयन्काले ल्यायो एलिफोनका स्मार्टफोन नेपाली बजारमा


१३ चैत, काठमाडौं । गोयन्का इन्फोटेकले एलिफोन एस-७, पी-९००० र सी-१ लगायतका स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । यी सबै स्मार्टफोन उच्च प्राविधिक गुणले भरिपूर्ण रहेको कम्पनीको दावी छ ।

यीमध्ये प्रमुख विषेशता १३ मेगापिक्सलको रेयर क्यामेरा, लामो समय टिक्ने ३००० एमएएचको ब्याट्री, उच्च गुणस्तरको प्रोसेसर तथा २ जिबीदेखि ४ जिबी सम्म र्‍याम र १६ जिबीदेखि ६४ जिबीसम्म रोम रहेको छ ।

सेटमा १ वर्ष तथा ब्याट्रीमा ६ महिनाको वारेन्टी छ । यस फोनमा राम्रो असल ब्राण्डका फ्लीप कभर तथा पी९०००सँग अतिरिक्त ब्राण्डेड वायरलेस चार्जर पनि पाइनेछ । जुन पछिल्लो ग्याजेटमा भएको विशिष्ट सुविधाले गर्दा संसार भरि रुचाइएको पनि छ ।

गोयन्का इन्फोटेकलाई विश्व विख्यात मोवाइल एलिफोनको आधिकारीक वितरकको रुपमा नियुक्ति गरेको छ । सन् २०००६मा स्थापित चीनको ग्वाङजोङ शहरमा प्रमुख व्यापार कार्यालय रहेको एलिफोन कम्यूनिकेशन टेक्नोलोजि कम्पनी चाइनिज स्मार्ट फोन प्रमुख उत्पादक कम्पनीमध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment