Comments Add Comment

चैत १८ मा ‘रामकृष्ण ढकाल एकल साँझ’ हुने


राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा चैत्र १८ गते ‘रामकृष्ण ढकाल एकल साँझ’ आयोजना हुने भएको छ । विन्ध्यवासिनी फाउण्डेसनको सहयोगार्थ आयोजना हुन लागेको यो कार्यक्रममा गायक रामकृष्ण ढकालको साथमा ‘ब्याक अफ ब्याण्ड, द भ्वाइस’का १० जना वाद्यवादक रहनेछन् ।

कार्यक्रममा गायक ढकालले आफ्ना चर्चित २० वटा गीत प्रस्तुत गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । गायक ढकाललाइ गायिकाहरु देविका बन्दना, जुना प्रसाई, प्रविशा अधिकारीले साथ दिनेछन् । |

यो कार्यक्रममा प्रस्तुत हुने गीतका श्रष्टा तथा सर्जकहरुलाई गीत प्रयोग गरे वापत्त रोयल्टी समेत दिने विन्ध्यवासिनी म्यूजीक प्रालीका प्रमुख सुवास रेग्मीले बताए ।
गायक ढकालले यो साँझ एक अविस्मरणिय साँझ हुने बताएका थिए । ढकालले अहिले आफू यसकै तयारीमा रहेको समेत सुनाए ।

रामकृष्ण ढकाल र उनको परिवारसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment