Comments Add Comment

भक्तपुर गुठी संस्थानका सूचना अधिकृत ५० हजार घुससहित पक्राउ

१३ चैत, भक्तपुर । भक्तपुर गुठी संस्थानका सहायक प्रशासक एवं सूचना अधिकारी छत्रबहादुर पौडेल ५० हजार रुपैयाँ घुससहित समातिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गुठी कार्यालयमा छापा मारेर पौडेललाई पक्राउ गरेको हो । चाँगु नगरपालिका ७ मा उमानाथ तिमिल्सेनाको नाममा रहेको गुठीको तीन रोपनी जग्गा उनका छोराहरुको नाममा नामसारी गर्ने क्रममा घुस लिँदालिँदै पौडेल अख्तियारको फन्दामा परेका हुन् ।

पौडेल विरुद्ध एक हप्ताअघि अख्तियारमा उजुरी परेपछि उनीमाथि निगरानी भइरहँदा आइतबार दिउँसो २ बजेतिर पौडेलले ५० हजार लिँदै गर्दा आयोगको टोलीले फेला पारेको हो ।

३०६ नम्बर कित्ता रहेको उक्त जग्गा नामसारी गर्न पैसा नलाग्ने भए पनि सेवाग्राहीले पहिले पाँच हजार दिँदा पौडेलले त्यति थोरै रकम खाने मान्छे नभएको भन्दै थर्काएका थिए । त्यसपछि सेवाग्राहीहरु अख्तियारमा पुगेका थिए । ५० हजार रुपैयाँमा पास गर्न मानेपछि उनलाई नगदसहित नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment