Comments Add Comment

धुर्मुस सुन्तली फाउण्डेशनलाई अमेरिकाको बोस्टनबाट करिव १४ लाख सहयोग

१३ चैत, काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेशनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमूना मुसहर बस्ती निर्माणका लागि अमेरिकाको बोस्टनमा रहेका नेपालीहरुले करिव १४ लाख रुपैयाँ सहयोग गरेका छन् ।

बोस्टनमा भएको एक कार्यक्रममा उपस्थित भएका १३१ जना नेपालीहरुबाट फाउण्डेशनलाई जम्मा १३ लाख ८८ हजार १ सय रुपैयाँ सहयोग संकलन भएको हो ।

‘मानवता र सद्भावका लागि सहकार्य, राष्ट्र निर्माण तपाई हाम्रो अभियान’ भन्ने मुल नाराका साथ फाउण्डेशनले थालेको अभियानलाई बोष्टन बासीले आत्मसाथ गर्दै सहयोग संकलन गरेका हुन् ।

‘धुर्मुस सुन्तली अभियान सहयोग कार्यक्रम बोस्टन’ नामक कार्यक्रमको आयोजना गदै बोस्टन बासीले फाउण्डेशनको सामाजिक कार्यमा सहकार्य गर्दै सहयोग संकलन गरेको हो । कार्यक्रममा हिमालयन हेरिटेज कल्चरल एकेडेमीका कलाकारहरुले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

अभियानले फाउण्डेशनलाई दुई किस्तामा सहयोग रकम पठाएको छ । कार्यक्रमबाट पहिलो पटक ५ लाख १४ हजार ५ सय पठाइएको थियो भने शुक्रबार ८ लाख ७३ हजार ६ सय रुपैया पठाएको छ । सहयोग पठाएको जानकारी दिदैं अभियानका सहयोगी सुरेश वाग्लेले फाउण्डेशनलाई सहयोग गर्न पाउदा आफुहरु खुसी भएको बताए ।

यता फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले भने नसोचेको सहयोग प्रप्त भएको बताउँदै सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।

फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमूना मुसहर बस्ती निर्माणको अहिले अन्तिम चरणको काम भइरहेको छ । फाउण्डेशनले नयाँ बर्षमा बस्ती हस्तान्तरण गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment