Comments Add Comment

पशुपति शमशेरले भने- स्थानीय निर्वाचनबाट काठमाडौं कब्जा गरौं

१३ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले स्थानीय तहको निर्वाचनमा काठमाडौं कब्जा गर्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् ।

काठमाडौंमा ‘जनताको माझमा राप्रपा’ नामक अभियानको सुरुवात गर्दै नेता राणाले राजधानीमा कब्जा जमाएर देखाउनु पार्टीका लागि गौरवको विषय हुने पनि बताए ।

निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णय लिएकोप्रति आपत्ति जनाउँदै उनले त्यसको जवाफ दिन पनि आगामी निर्वाचनमा पार्टीले काठमाडौं महानगरपालिकामा विजयी झण्डा फहराउनुपर्नेमा जोड दिए । राणाले आगामी निर्वाचनबाट राप्रपा देशकै महत्वपूर्ण शक्ति बन्ने दाबी समेत गरे ।

राप्रपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘जनताको माझमा राप्रपा’ अभियान सुरु गरेको हो । राप्रपाले अभियानमार्फत देश बचाउने र बनाउने संकल्प गर्दै जनतालाई स्थानीय तहको निर्वाचनमा साथ-सहयोग दिन आह्वान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment