Comments Add Comment

गजल: कैले हुने स्वतन्त्र जञ्जीरबाट मान्छे !

मान्छेले नै धकेल्छ भीरबाट मान्छे
मान्छेले नै बचाउँछ पीरबाट मान्छे ।

असल अनि खराब छुट्टिन्छ कसरी,
गाह्रो हुन्छ चिन्न तस्बिरबाट मान्छे ।

साँघुरो समाजमा पापले राज गर्छ,
कैले हुने स्वतन्त्र जञ्जीरबाट मान्छे !

जीवनमा सबै झुट, मृत्यु नै छ सत्य,
अझै नाफा खोज्छ जागिरबाट मान्छे ।
बदलिन्छ मान्छे समयको रंगसँगै,
रंगेहात निस्कन्छ मन्दिरबाट मान्छे ।

खोटाङ, हाल- टोकियो, जापान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment