Comments Add Comment

भारतीय राजदूतले राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाए

१३ चैत, काठमाडौं । नेपालका लागि भारतीय नवनियुक्त राजदूत मञ्जीव सिंह पुरीले आज राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

राजदूत रणजीत रेको कार्यकाल सकिएपछि भारतले पुरीलाई राजदूत बनाएर पठाएको थियो । उनी शनिबार काठमाडौं आएका थिए ।

यस्तै आजै नेपालका लागि दक्षिण अफ्रिकाकी राजदूत रोविना प्याट्रिका मार्कसले पनि राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेकी छन् ।

ओहदाको प्रमाणपत्र बुझाउनुअघि दुवै राजदूतलाई लाजिम्पाटस्थित होटल सांग्रिलाबाट बग्गीमा बसालेर राष्ट्रपति भवनसम्म लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment