Comments Add Comment

नयाँ शक्ति मलेसियाले जिम्मेवारी विभाजन गर्‍यो

मलेसिया । अन्तर्राट्रिय नेपाली समाज मलेसियाले कार्यसमितिका सदस्यहरुको कार्यक्षेत्र विभाजन र विस्तार गरेको छ ।

आइतबार क्वालालम्पुरमा समाजका अध्यक्ष नरबहादुर सुनारको अध्यक्षतामा बसेको बैठकले मार्च ३ तारिखमा अधिवेशनबाट निर्वाचित सदस्यहरुको कार्यक्षेत्र बिभाजन र विस्तार गरेको हो ।

कार्यक्रममा केलाङदेखि लीलामणि सुवेदी, बान्तिङदेखि गणेश बिक, सुबाङदेखि राम राई, पासाङ तामाङलगायत समाजमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई सल्लाहकार वीरेन्ऽ नेगी र अध्यक्ष नर सुनारले सम्मान गरेका थिए ।

वैठकमा मलक्का, मुहार, केलाङ्ग, बालतुकेफ, राबाङ्ग, बान्तिङ, केएलक्षेत्रकासदस्यहरुको सहभागिता रहेको समाजका संरक्षक एबं प्रमुख सल्लाहकार वीरेन्द्र नेगीले जानकारी दिए ।

कार्यक्रम समाजका महासचिव दीपक संघर्षले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment