Comments Add Comment

विसं २०९९ मा नेपाल कस्तो होला ? ओलीले बोलाए विद्धत सभा

सामाजिक न्यायसहितको आर्थिक सम्बृद्धिका लागि विज्ञसँग छलफल

१४ चैत, काठमाडौं । यस शताव्दीको अन्त अर्थात विक्रम संवत २०९९ सालसम्म नेपाल कस्तो होला ? एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विद्धत सभा मार्फत यसको जवाफ खोज्ने भएका छन् ।

आफ्ना आलोचक लेखक बुद्धीजीवीहरुलाई ‘इन्भर्टेड कमावाला बुद्धीजीवी’ र ‘फर सी बुद्धीजीवी’ इत्यादि संज्ञा दिँदै आएका ओलीले सोमवार होटल हिमालयमा बौद्धिक जमातलाई निम्त्याएका छन् ।

विद्धत सभामा समाजिक न्यायसहितको आर्थिक सम्बृद्धि हासिल गर्ने र समाजवादको दिशामा अघि बढ्ने उपायका बारेमा छलफल गर्न लागिएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले बताए ।

सामाजिक न्यायसहितको आर्थिक सम्बृद्धिको दिशा तय गर्न विज्ञहरुको सुझाव लिन खोजिएको ओलीको सचिवालयले जनाएको छ । ओलीले अबको २५ वर्षमा नेपालले लिनुपर्ने बाटो र २५ वर्षे भिजनका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट सुझाव लिन खोजेका हुन् ।

आगामी स्थानीय चुनावका लागि पार्टीको घोषणापत्र लेखन कार्य भइरहेका बेला ओलीको बिद्धत सभाबाट प्राप्त सुझावहरुलाई घोषणापत्रमा समेत समेटिने स्रोतले जनाएको छ ।

ओलीको विद्धत सभामा आर्थिक, राजनीतिक, पेशागत क्षेत्रका अगुवाका साथै विदेश मामिला, समाजशास्त्री, मानवशास्त्रीहरुलाई बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment