Comments Add Comment

बानाको अध्यक्षमा अनसुया विजयी

वाशिंगटन डीसी । अमेरिकास्थित मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)को नेतृत्वमा अनसुया श्रेष्ठ वन्त आएकी छन् ।

उनले अध्यक्षका उम्मेदवार संचारकर्मी सतिस चापागाईँ तथा कलाकार(गायक) श्रीजन ताम्राकारलाई हराएर बानाको इतिहासमा दोश्रो पटक महिला अध्यक्षमा विजयी भएकी हुन् ।

वन्तले ३ सय १२ मत प्राप्त गरिन् भने उनका प्रत्याशीहरु सतिस चापागाईले २ सय ३४ र श्रीजन ताम्राकारले ७९ मत प्राप्त गरेका थिए ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुबोध विलास पन्त ४सय ४८ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी इन्दु रेग्मीले १ सय ६६ मत प्राप्त गरे । १६ मत बदर भएको थियो ।

त्यसैगरी अन्य पदमा निर्बिरोध कार्यसमिति चयन भएको छ ।

नयाँ कार्यकारी समितिको कार्यकाल २०१७देखि २०१९सम्म रहनेछ ।

को हुन् अनसुया ?

नव निवार्चित अध्यक्ष अनसुया श्रेष्ठ वन्त कुशल गृहणी, ब्यवसायी तथा समाजसेवीको रुपमा बिगत २५ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् ।

उनले २००९ देखि २०१७ सम्म कार्यसमितिको बिभिन्न भूमिकामा ३ कार्यकाल काम गरेकी छन् । उनले महिला तथा बिभिन्न बिधाका व्यक्तित्वहरुलाई बानाका परोपकारी कार्यक्रममा सहभागि गराउने, आवश्यकता अनुसार भाषा कक्षालाई सन्चालन तथा निरन्तरता दिने, बानाको कार्यक्रम र कार्य योजना क्यालेन्डर निर्माण गर्ने, नेपाली पहिचान, कला संस्कृति र खेलकुदको प्रबर्धनका लागि थप कार्यक्रम ल्याउने, लेखा पारदर्शिता र आकस्मिक कोषको सृजनाका लागि ठोस पहल गर्ने तथा नेपाली सूचना र सहयोग केन्ऽ स्थापना गर्नेजस्ता मुद्धाहरु अगाडि सारेकी थिइन् ।

उनले ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कुनै राजनैतिक वा समूह बिशेष आस्था राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै समाजसेवा र बानाको संस्थागत बिकासका लागि सम्पूर्ण समय योगदान गर्ने संकल्प गर्दै अध्यक्ष पदमा बिजयी गराउन आग्रह गरेकी थिइन् ।

पाँच सदस्यीय निर्वाचन समितिमा संयोजकमा धरम बिश्वकर्मा रहेका थिए भने सदस्यहरुमा पदम पुन, किरण पन्थ, मंगल महर्जन तथा रामकृष्ण भट्टराई रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment