Comments Add Comment

होटलको अनौठो अफर: डिभोर्स गर्ने जोडीलाई क्षतिपूर्ति

आफूकहाँ बसेका पाहुनाको डिभोर्स हुँदा क्षतिपूर्ति दिने होटेल दुनियाँमा कतै देख्नुभएको छ ? देख्नु पनि कसरी र ? अहिलेसम्म दुनियाँमा यस्ता कुनै होटेलै थिएनन् । तर अब भने डिभोर्स गर्ने पाहुनालाई क्षतिपूर्ति दिने होटेलका बारेमा पनि सुन्न बाँकी रहेन ।

हो, स्विडेनको एउटा होटेलले यस्तो अफर सार्वजनिक गरेको छ जस अनुसार उसको होटेलमा आएका पाहुना जोडीको यदि एक वर्षभित्रमा डिभोर्स भएमा होटेलले उनीहरुलाई क्षतिपूर्ति दिनेछ ।

द काउन्ट्रीसाइड होटल्स ग्रुपले दम्पतीहरुलाई डिभोर्स गर्न उक्साउन यसो गरेको होइन । उसले त उल्टै दम्पतीहरुलाई सँगै समय बिताउन र एक अर्काबीचको सम्बन्ध दिगो राख्न उत्प्रेरित गर्ने गर्दछ । जस अनुसार उक्त होटेलले आफ्नोमा बास बस्न आउने पाहुना जोडीहरुलाई रिलेसनसीप ग्यारेन्टी नामको एउटा अफर दिन्छ । जस अनुसार उक्त होटेलमा बास बस्ने जोडीको यदि एक वर्षभित्रमा डिभोर्स भएमा उनीहरुले होटेलमा दुई रात बस्दा लाग्ने खर्च बराबरको रकम क्षतिपूर्ति पाउँछन् ।

उक्त होटेल चेनमध्येको एक होटेल संचालन गर्दै आएकी पेट्रा फागरेल ज्यान्सनका अनुसार उक्त महंगो अफरबाट होटेललाई घाटा होला भन्ने उनीहरुलाई कत्ति चिन्ता छैन । उनीहरु त सम्बन्ध दिगो होस् भन्ने चाहन्छन् ।

उक्त होटेलमा बास बसेर एक वर्षभित्रमा डिभोर्स हुँदा क्षतिपूर्ति दाबी गर्ने केही नियम छन् । जस अनुसार उक्त जोडीको विवाह भएको हुनैपर्छ अर्थात् अविवाहित जोडीले त्यस्तो दाबी गर्न पाउने छैनन् । उनीहरु एउटै कोठामा बसेको हुनुपर्नेछ र होटेलमा बास बस्दाखेरी नै पतीपत्नी भनेर सम्बन्ध खुलाएको हुनुपर्नेछ । उनीहरुले डिभोर्सपछि क्षतिपूर्ति दाबी गर्दा दिने निवेदनसँगै अदालतको कागज पनि पेश गर्नुपर्नेछ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment