Comments Add Comment

कवाडीमा फ्याँकेको घडीले बनायो लखपति

काम नलाग्ने भनी रद्दीमा फ्याँकेको सामानको भाउ कति होला ? यो त भनिरहनु पर्ने कुरा होइन । तर कहिलेकाहीँ रद्दीका सामानहरु यति बहुमूल्य हुँदा रहेछन् कि त्यसले रातारात मान्छेको भाग्य नै बदलिदिने ।

बेलायतमा एकजना व्यक्तिलाई त्यसैगरी तालुमा आलु फलेको छ । इंगल्याण्डको चेशायरमा बस्ने एक व्यक्तिले ५ सय पाउण्डमा पनि नबिक्ने आशा गरेको एउटा बिग्रेको घडी ५५ हजार पाउण्डमा बेच्न सफल भएका छन् ।

वास्तवमा उक्त हाते घडी चानचुने भने थिएन, एउटा इतिहासको साक्षी थियो । उक्त हाते घडी दोश्रो विश्वयुद्धमा इटालियन जलसेनाका गोताखोरहरुले ती व्यक्तिका बाउलाई दिएका थिए । आफ्ना मृत पिताको घरको सरसफाइ गर्ने क्रममा उनले उक्त घडी नचल्ने अवस्थामा दराजभित्र फेला पारेका थिए ।

सो घडी बेच्नका लागि उनले कार बूट सेलमा लगे । उनले घडीको भाउ ५ सय पाउण्ड सम्म पर्ने आशा गरेका थिए । तर अविश्वसनीय रुपमा उक्त घडी ५५ हजार पाउण्ड अर्थात् झण्डै ८५ लाख रुपैयाँमा बिक्यो ।

इटालियन कम्पनी पेनेरायले बनाएको उक्त घडीको हातमा बाँध्ने फित्ता थिएन र घडी नचल्ने अवस्थामा थियो । उक्त घडी सन् १९४१ देखि १९४३ को बीचमा बनाइएका ६१८ रोलेक्स १७ रुबिस पेनेराय ३६३६ मोडेलका घडीमध्येको एक भएको बताइएको छ ।

उक्त घडी वाटरप्रुफ थियो र त्यसको ठूलो डायलमा अँध्यारोमा पनि समय देख्न सकिन्थ्यो । त्यसैले उक्त घडी इटालीका जलसेनाको गोताखोरहरुले प्रयोग गर्दथे । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment