Comments Add Comment

गायक अभिजितले भनेः बलिउडका तीन खान देशद्रोही

आफ्नो अभिव्यक्तिका कारण बारम्बार विवादमा आउने गायक अभिजितले बलिउडका तीन मुसलमान हिरोहरुप्रति आफ्नो मनको तुष पोखेका छन् । एक वेब पोर्टललाई अन्तरवार्ता दिदै उनले तीनै खान हिरोहरुलाई ‘देशद्रोही’ संज्ञा दिए ।

‘उनीहरु खाली देशद्रोही कुरा गर्छन्,’ उनले भने, ‘आफ्नो फिल्ममा पनि यस्तै विषयवस्तुलाई समावेश गर्छन् ।’

तीन खान हिरोको फिल्ममा हिन्दू रितिरिवाजलाई गलत तरिकाले देखाइने गरेको उनले दावी गरे । अभिजितले यो पनि भने, ‘उनीहरुको फिल्ममा हिन्दू संस्कारमा आधारित गीत हुँदैनन्, खाली मौला नै मौला हुन्छन् ।’

आफ्नो भँडास पोख्ने क्रममा उनले निर्देशक फराह खान र उनका पति शिरिष कुन्दरमाथि पनि खनिए । शिरिषले हालै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीविरुद्ध एक टि्वट गरेका थिए । सोही टि्वटका बारेमा सोधिएको एक प्रश्नमा अभिजितले घोचपेच गर्दै भने, ‘टि्वटको कुरा छोड्नुस, यी दुई जनामा श्रीमान को हो र श्रीमती को हो भन्नेमै म अन्योलमा छु ।’

निर्देशक महेश भट्टमाथि पनि उनले निशाना साँधे । उनले भने, ‘जसका तीनवटै छोरीहरुको नांगो फोटो पत्रिकाको कभर पेजमा छापिन्छ, जसले आफ्नै छोरीसँग बिहेको चाहना राखिसकेको छ र जो महिलाहरुसँग आपत्तिजनक अवस्थामा फेला परिसकेको छ, यस्तो व्यक्तिको डिएनए परिक्षण जरुर हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment