Comments Add Comment

हङकङमा ‘हाईक फर नेपाल’सँगै ‘एभरेष्ट डे’

हङकङ । ‘हामी उठ्ने छौं फाउण्डेसन’को आयोजनामा आगमी २८ मे मा हङकङमा ‘हाईक फर नेपाल’सँगै ‘एभरेष्ट डे’ मनाइने भएको छ ।

कार्यक्रमबारे जानकारी दिन हङकङ नेपाली महावाणिज्य दूतावासमा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेसनका संस्थापक तुलसीकुमार गुरुङ र महावाणिज्यदूत कमलप्रसाद भट्टराईले कार्यक्रमको पोष्टर र यूट्यूब प्रोमोशन भिडियो सार्वजनिक गरे ।

संस्थापक गुरुङले महावाणिज्य दूतावाससहित हङकङमा नेपाली संघ-संस्थाहरुको सहयोगमा हुने आयोजनामा वृहत सहभागिता जुट्ने बताए । उनका अनुसार नेपालको लागि नेपाली एकता कायम गर्न आयोजित कार्यक्रमबाट संकलन भएको रकम नेपालको दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा लगानी गरिनेछ ।

महावाणिज्यदूत भट्टराईले नेपालीहरुमा एकता कायम गर्न आयोजना गरिन लागेको आयोजनामा महावाणिज्यदूतावास सहभागी हुन पाएकोमा खुशी ब्यक्त गरे । ‘एभरेष्ट डे’ मार्फत विदेशीहरु माझ नेपालको पर्यटन प्रर्वद्धन गर्न विदेशी नागरिक र कुटनीतिक नियोगका व्यक्तित्वहरुलाईसमेत सहभागी गराएर नेपालको प्रवर्द्धन गर्न महावाणिज्य दूतावासले भुमिका खेल्ने उनले जानकारी दिए ।

‘हामी उठ्ने छौं’ अभियान विश्वभरका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माणको उद्देश्यसहित सुरुवात भएको हो । ‘एक नेपाली जो जहाँ भएपनि’ भन्ने नाराका साथ हङकङबाटै सुरु भएको यो अभियान स्वदेश एवं विदेशमा रहेका नेपालीहरूबीच सुमधुर सम्बन्ध स्थापना गर्ने प्रयासस्वरुप सुरु भएको हो ।

महाभूकम्पले जन्माएको यो अभियानले पछिल्लोसमय आफ्नो दायरा फराकिलो बनाउँदै अघि बढिरहेको छ । अभियानका रुपमा सुरु भएको ‘हामी उठ्ने छौं’ हाल ‘वि विल राईज फाउण्डेसन’ का रुपमा संस्थागत भएको छ ।

यसवर्ष मे २८ का दिन लायन रक कन्ट्री पार्कबाट सुरु हुने हाइकिङ करिब ७ किलोमिटरको हुनेछ । सोही साँझ नाथन रोडस्थित होटल सेराटनमा च्यारिटी डिनर आयोजित हुनेछ । उक्त कार्यक्रममा अभिनेत्री एवं सगरमाथा आरोही निशा अधिकारी समेत आफ्ना आरोहण अनुभव सुनाउन समारोहमा उपस्थित हुनेछिन् । गतवर्ष सोही प्रकृतिको कार्यक्रममा किर्तिमानी सगरमाथा आरोही फुर्वा तेन्जिङ् शेर्पा र १४ गिनिज वल्र्ड रेकर्ड बनाएका थानेश्वर गुरागाईं सहभागी थिए ।

हाइक फर नेपाललाईसफल पार्न हङकङ नेपाली महावाणिज्यदूतावास, नेपाल वायुसेवा निगम लगायत यहाँस्थित विभिन्न संघसंस्थाहरु गैरआवासीय नेपाली संघ, नेपाल च्याम्बर अफ कर्मस, नेपाली महिला संघ, हङकङ नेपलिज् तेक्वान्दो एसोसियसन, सहारा क्लब, एचडीडी स्टुडियो सहयोगी संस्थाका भूमिकामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment