Comments Add Comment

सन्नीको भित्री रहस्यः हट दृश्य सबै श्रीमानसँगै


सन्नी लियोनी जब बलिउडमा प्रवेश गरिन् उनलाई हेर्ने दृष्टिकोण लगभग सबैको एउटै थियो, उनी एउटा पोर्न स्टार हुन् । सन्नीको पनि आफ्नै जीवन छ । उनको पनि घर, श्रीमान् र परिवारका सदस्य छन् भन्नेमा कमैले मात्रै हेक्का राखे । खासमा सन्नी र उनका श्रीमान् डेनियल एक अर्कालाई असाध्यै माया गर्छन् । उनीहरुको प्रेम परेवाको जोडी जस्तै छ ।

पहिलो भेटमा सन्नीले भाउ दिइनन्
सन्नी लियोनी र डेनियल वेबरको पहिलो भेट एक म्युजिक कन्सर्टमा भएको थियो । पहिलो भेटमा डेनियल सन्नीलाई इम्प्रेश गर्न सफल भएनन् । सन्नीलाइ फकाउने धेरै प्रयास गरेका डेनियल झन्डै असफल भए ।

हट सिन श्रीमानसँगै
अहिलेसम्म सन्नीले बलिउड चलचित्रमा जति पनि हट सिन दिएकी छिन्, सबै आफ्नै श्रीमानसँगै दिएकी छिन् । चलचित्र हेर्दा अन्य पुरुष जस्तो लागे पनि खासमा यस्ता दृष्यमा सन्नीलाई साथ दिएका हुन्छन् उनकै श्रीमान् डेनियलले ।

खाना बनाउने काम डेनियलकै
हर महिलाले सोच्ने गर्छन् कि घरमा बसेको श्रीमान्ले मिठो खाना बनाओस् । तर, ती सबै महिलाको चाहना पूरा हुँदैन । सन्नी त्यस्ती भाग्यशाली महिला हुन् जसलाई हरेक साँझ श्रीमान् डेनियलले खाना बनाएर खुवाउँछन् ।

हरेक वर्ष घुम्न जान्छन्
सन्नी लियोनी काफी ब्यस्त छिन् । हरेक वर्ष २ देखि ३ वटा चलचित्र रिलिज हुन्छ । तैपनि वर्षको एकपटक घुम्ने गरेका छन् उनीहरुले । साथै उनी आफ्नो श्रीमान्सँगै घुम्न जाँदा रमाइलो महसुस् गर्छिन् ।

जीवनसाथी विजनेश पार्टनर
सन्नी र डेनियल एक अर्काका राम्रा जीवनसाथी त हुन् नै, राम्रो विजनेश पार्टनर पनि हुन् । सन्नी र उनको श्रीमान् डेनियलले सन् २००९ मा सनलस्ट पिक्चर्स नामको एक प्रोडक्सन हाउस पनि खोलेका छन् । यसको अतिरिक्त उनीहरुको अन्य ब्यापार पनि छ ।

फिल्म डेनियलले छान्छन्
हरेक चलचित्रमा काम गर्नु अघि सन्नी श्रीमान् डेनियलसँग सल्लाह लिन्छिन् । कुन चलचित्रमा काम गर्ने र कुनमा नगर्ने भन्नेमा डेनियलले सुझाब दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment