Comments Add Comment

म ‘छक्का पन्जा’ कै कारण व्यस्त भएकी छुः नम्रता


चलचित्र ‘छक्का पञ्जा’ रिलिज भएपछि थप चर्चा पाइन् नायिका नम्रता सापकोटाले । म्युजिक भिडियो र विज्ञापनमा ब्यस्त नम्रता अहिले आफुलाई भ्याई नभ्याइ भएको बताउँछिन् । उनै नायिकालाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. ‘छक्का पञ्जा’ हिट भयो तर, तपाई हिट हुनु भएन भन्छन् नि ?
खै मलाई त त्यस्तो लाग्दैन । म अहिले पनि काम गरिरहेकी नै छु । ‘छक्का पञ्जा’ रिलिजपछि नै मेरो कामको चाप बढेको छ । टीभीसी, पेपर एड र भिडियोका काम बढेको बढ्यै छ । यो सब भएको ‘छक्का पञ्जा’कै कारण हो ।

२. चलचित्र चलेपनि अन्य नायिका खुबै व्यस्त भए, तपाई आफ्नै घमण्डका कारण सुस्त हुनुभयो भन्ने आरोप छ नि ?
मैले आफ्नै हिसाबले काम गरिरहेकी छु । पछिल्लो केहि महिनायता एकदिन पनि फुर्सद छैन । काम गरेको गर्‍यै छु । सुस्त भएको भए त काम नभएर घरमै बसिरहनु पर्ने, त्यस्तो भएको छैन ।

३. नायिका भएपनि तपाइलाई राम्रो ब्यानरले अफर गरेनन्, यसैले भिडियोमै सिमित हुनुभयो भन्छन् नि ?
म आफू कलाकार भएकाले अरुको कलाको पनि सम्मान गर्नुपर्छ । कति श्रष्टाले गीत लिएर आउनुहुन्छ । अभिनय गर्दिनु पर्‍यो भन्नुहुन्छ, मैले नाई भन्न सक्दिनँ । किनकी मैले अरुको कलाको पनि सम्मान गर्नुपर्छ । म्युजिक भिडियो होस् या चलचित्र सबै राम्रो हुन्छन् भन्ने छैन । कतिपय काम गर्दै जाँदा नराम्रो पनि बन्छ ।

४. तपाइसँगै आएका साथी स्टार भैसके, तपाई पनि पछि पर्नुभयो भन्छन्, के भन्नुहुन्छ ?
पहिलो चलचित्रमा काम गरेपछि दुई वर्ष मैले काम गरिनँ । कारण मेरो पढाई पुरा गर्नु थियो । अभिनय र नृत्यका सन्दर्भमा पनि केही कोर्स गर्नु थियो । त्यो गर्ने क्रममा दुई वर्ष काम नगरी बसेँ । अहिले सक्रिय छु ।

५. अभिनय भन्दा बढी प्रेमको कारण चर्चामा आउनु भो भन्छन् ?
प्रेमको कारण चर्चामा आएको छैन । बरु एकपटक प्रेम टुट्यो भनेर मिडियामा आयो । अरु त्यस्तो केहि चर्चा भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment