Comments Add Comment

करिश्मालाई लाग्यो चुनाव, जनताको समस्या बुझ्दै नायिका


राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्दि्रय सदस्यमा निर्वाचित भएपछि नायिका रेखा थापा राप्रपाकै अभियानमा संलग्न छिन् । यता, नयाँ शक्ति नेपालमा आबद्ध अर्की नायिका करिश्मा मानन्धरले देश दौडाहा सुरु गरेकी छिन् ।

नयाँ शक्ति नेपालले सुरु गरेको हिमाल-पहाड-तराई राष्ट्रिय अभियानमा सहभागी करिश्माले सर्वसाधारण जनताको विचमा जाँदा रमाईलो अनुभुति भएको बताईन् । ‘यस अघि म नेपाली चलचित्र मन पराउने दर्शकको भिडमा हुन्थेँ, अहिले सर्वसाधारण जनताको भिडमा छु छुट्टै खालको रमाईलो अनुभुति भैरहेको छ ।’ करिश्माले भनिन् ।
नेपाल
नयाँ शक्ति नेपालले आर्थिक समृद्धिको नारा अघि सारेकाले आफू राजनीतिमा प्रवेश गरेको धारणा राख्ने करिष्माले यस किसिमको अभियानले आफुलाई जनतासम्म पुग्न सजिलो हुने भनाई राखिन् । ‘प्रत्यक्ष भेटेर कुराकानी गरेपछि नै थाह हुन्छ जनताको समस्या के हो ?’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment