Comments Add Comment

रेखाले गरिन् झरनाको प्रशंसा, कुनै समय थियो नम्बर १ को लडाई


केहि समय अगाडिसम्म नायिकाद्धय रेखा थापा र झरना थापाविच नम्बर १ को लडाई चलिरहेको थियो । झरना थापाले नेपाली चलचित्र क्षेत्रमा स्थान बनाइसकेपछि रेखाको प्रवेश भएको हो । रेखाको प्रवेश नेपाली चलचित्र क्षेत्रमा भएपछि निरुता सिंह, करिश्मा मानन्धर, झरना थापा जस्ता नायिका पछि परेको चर्चा पनि चल्यो ।
केहि समय अगाडि नायिका झरना थापाले आफूले नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताएको र धेरै हिट चलचित्र दिएको भन्दै आफू नै नम्बर १ भएको आशयको जवाफ अनलाइनखबरसँग दिएकी थिइन् ।

हरेक बर्षको अन्त्यमा नेपाली चलचित्रमा नम्बर १ को भन्ने लडाई चल्दा रेखा र झरनाविच नै टक्कर देखिन्थ्यो । तर, अब समय फेरिएको छ । रेखा चलचित्र निर्माण र निर्देशन गर्दै राजनीतिमा अगाडि बढेकी छिन् भने झरना नायिकाबाट निर्देशक बनेकी छिन् । नेपाली चलचित्रलाई हाँक्न अब नयाँ पुस्ताका युवतीहरु अगाडि आइसकेको अवस्था छ ।

कुनै समय नम्बर १ को लडाई लड्ने रेखा र झरना अहिले एक अर्काको प्रशंसा गरिरहेका छन् । झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर २’को एक गीत सार्वजनिक कार्यक्रममा पुगेकी नायिका रेखा थापाले झरनाको प्रशंसा गरिन् । उनले, त झरनाले नै कोरेको मार्ग पच्छ्याउँदै आफूहरु अगाडि बढेको समेत भनिन् ।

झरना, नेपाली चलचित्र क्षेत्रमा एउटा उच्च स्थानमा पुगेकी नायिका भएको भन्दै रेखाले अब, चलचित्र निर्देशनमा पनि सफल हुने दाबी गरिन् । उनले, चलचित्र पक्कै चल्नेछ भन्दै कुनै तनाव नलिन झरनालाई आग्रह गरिन् ।

रेखाले झरनाको यसरि प्रशंसा गरिरहँदा कुनै समय यी दुइविच स्टारडमको लडाई थियो भन्ने धेरैले विर्सिए । तर, रेखाले झरनालाई शुभकामना दिनु, उनको कामको सम्मान गर्नु आफैमा प्रशंसायोग्य कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment