Comments Add Comment

कांग्रेस बैठकमा सर्वोच्चको आलोचना, कार्यपालिकामाथि हस्तक्षेप गरेको आरोप

शंकर भण्डारी, देवेन्द्रराज कँडेल र मानबहादुर विश्वकर्मा (वायाँबाट क्रमशः)

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आईजीपी प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसलाको आलोचना भएको छ ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकमा सभापति शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यहरुले अदालतले कार्यपालिकामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । यसरी अदालतको फैसलाको आलोचना गर्नेहरुमा वनमन्त्री समेत रहेका शंकर भण्डारीदेखि पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलसम्म छन् ।

बैठकमा केन्द्रीय सदस्य कमला पन्तले भने शक्ति पृथकीकरणको सिद्धान्त स्वीकार गरिसकेको भन्दै अदालतको मर्यादा राख्नु पर्ने धारणा राखेकी छन् ।

केन्द्रीय सदस्य महेन्द्र यादवले अनलाइनखबरसँग भने, ‘सरकारले गर्ने निर्णयमा अदालतले हस्तक्षेप गर्नु हुँदैन भन्ने केन्द्रीय सदस्यहरुको मत आएको छ ।’

उनका अनुसार कार्यपालिका र न्यायपालिका एकअर्काको सहयोगी हुनु पर्नेमा सर्वोच्चले हस्तक्षेपकारी भूमिका खेलेको केन्द्रीय सदस्यहरुको मत थियो ।

यो पनि पढ्नुहोस्

कांग्रेसमा विवादः स्थानीय चुनावको टिकट कसले दिने ?

कांग्रेसमा बहसः चुनाव ठूलो कि मधेसी मोर्चा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment