Comments Add Comment

निर्मल भट्टराईसहित चार नेता नयाँ शक्तिबाट निस्कासित

१४ चैत, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले निर्मल भट्टराईसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

पार्टी हित र मूल्य मान्यता विपरित गतिविधि गरेको भन्दै नयाँ शक्तिले केन्द्रीय परिषद सदस्यहरु निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टी सदस्य समेत नरहने गरी निस्कासन गरेको हो । पार्टी हित विपरित गतिविधि गरेको र सोधिएको स्पष्टीकरण समेत दिन नमानेकाले निस्कासन गरिएको प्रवक्ता खिमलाल दवकोटाले बताए ।

स्थानीय चुनाव रोक्न माग गर्दै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर संयुक्त वक्तव्य जारी गरेपछि निर्मल भट्टराई समूह असन्तुष्ट बनेका थिए ।

एमाले नेता झलनाथ खनालका पूर्व पीए भट्टराई माओवादी हुँदै नयाँ शक्तिमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment