Comments Add Comment

नेपाललाई पहिलो सफलता, सन्दीपले लिए पाकिस्तानको विकेट

१४ चैत, काठमाडौं । एसीसी इमर्जिङ नेशन्स कप अन्तर्गत नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले पहिलो विकेट गुमाएको छ ।

नेपाली स्पिनर सन्दिप लामिटानेले पाकिस्तानी टोलीको पहिलो विकेट झार्न सफल भएका छन् ।

१८औं ओभरको चौथो बलमा सन्दिपले पाकिस्तानी अेापनर इमरान बटलाई २१ रनको व्यक्तिगत स्कोरमा आउट गराएका हुन् ।

१९ ओभरको खेल सकिँदासम्म पाकिस्तानी टोलीले १ विकेट गुमाएर ७२ रन जोठेको छ । पाकिस्तानलाई जितका लागि अब १०९ रनको जरुरी छ भने उसँग ९ विकेट बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment