शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

०७४ सालका सार्वजनिक विदाः पृथ्वी जयन्तीमा छैन, धार्मिक अवसरमा विदैविदा (सूचीसहित)

अनलाइनखबर

१४ चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष ०७४/०७५ का लागि वर्षभरिका सार्वजनिक विदाहरुको टुगो लगाएको छ ।

मन्त्रिपरिषद अन्तरगतको सामाजिक समितिले पुरानै विदालाई निरन्तरता दिने निर्णय गरेको छ । विगतमा जस्तै ०७४ सालमा पनि पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिइएको छैन ।

तर, नानक जगन्ती, महावीर जयन्ती, क्रिसमस डे लगायतका धार्मिक दिनहरुमा विगतको विदालाई निरन्तरता दिइएको छ । यस बर्ष निकै चर्चामा रहेको पुस २७ गते पृथ्वी जयन्ती विदा दिने प्रस्ताव सामाजिक समितिले अस्वीकृत गरेको छ ।

वर्तमान मन्त्रिपरिषदका केही मन्त्रीहरुले पनि पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने लविङ गरेका थिए । तर, गृह मन्त्रालयले भने उक्त दिन विदा नदिने प्रस्ताव गरेको हो ।

मन्त्रिपरिषदको सामाजिक समितिले पनि उक्त दिन सार्वजनिक विदा दिनु नपर्ने बताएको मुख्य सचिव सोमलाल सुवेदीले बताए । सरकारले क्रिसमसका दिन इसाइ धर्मावलम्बीहरूका लागि मात्र विदा दिने निर्णय गरेको छ ।

अघिल्ला बर्षको क्यालेण्डरमा त्यो दिन सार्वजनिक विदा दिइएको थिएन । तर, गृहमन्त्रीले अन्तिम समयमा निर्णय गरेर सार्वजनिक विदा दिएका थिए ।

सरकारले लोकतन्त्र दिवस बैशाख ११ गतेका दिन पनि विदा नदिने निर्णय गरेको छ । जेठ १५ गते गणतन्त्र दिवसमा भने सार्वजनिक विदा दिइएको छ । राजनीतिक परिवर्तनलाई स्मरण गर्न फागुन ७ गते प्रजातन्त्र दिवसका दिन सार्वजनिक विदा प्रस्ताव छ ।

असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषद अन्तर्गतको सामाजिक समितिले गरेको छ ।

दिवस शीर्षकमा सरकारले विश्व मजदुर दिवसको अवसरमा बैशाख १८ गते सार्वजनिक विदा दिने भएको छ । यस्तै माघ १६ गते शहिद दिवस र फागुन २४ गते अन्र्तराष्ट्रिय महिला दिवसका अवसरमा सार्वजनिक विदा प्रस्ताव गरिएको छ ।

सरकारले बुद्ध जयन्तीको अवसरमा बैशाख २७ गते सार्वजनिक विदा दिएको छ । साउन ३० गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ भने चैत्र ११ गते रामनवमीमा पनि विदा दिने उल्लेख छ ।

यो बर्ष ५१ हप्ताका ५१ वटा शनिबार छन् । यसबाहेक चाडपर्व, विभिन्न दिवस गरी ३४ दिन सार्वजनिक विदा दिइएको छ ।

२०७३ चैत १४ गते १५:०३ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१७ प्रतिकृयाहरू प्राप्त
  • Desert लेख्नुहुन्छ    |   २०७३ चैत १४ गते १५:३३

    It just goes to prove that the leaders of this country were born out of wedlock. Dastardly to forget father of the nation

    28
    3
    Share

  • bishko लेख्नुहुन्छ    |   २०७३ चैत १४ गते १६:०३

    shrawan 13 gate panchami bhako le janai purnima kasari parxa…. baru 23 gate janai purnima hunuparne ho….

    5
    0
    Share

  • naresh shahi लेख्नुहुन्छ    |   २०७३ चैत १४ गते १६:४०

    Tapai haru dhanyabad Nepal akikaran garne Raja ko Jayanti ma Bida dinu parne tra dinu bhayena ??????????????

    9
    2
    Share

  • Naresh Shahi लेख्नुहुन्छ    |   २०७३ चैत १४ गते १६:४५

    Nepal Akikaran Garne Raja Lay birasinu bhyaeko ma dhenaybad??????????????????? Nepal li Chor neta haru lay ra nepali janta lay.

    11
    1
    Share

  • Waling Syangja लेख्नुहुन्छ    |   २०७३ चैत १४ गते १६:५७

    जून देश द्दद्द/द्दद्ध व६ा राज्यमा ६ूक्र ६ूक्र भएको थियो र अंग्रेजहरुले पश्चिम तिरबा६ खाइसकेका थिए, त्यो देशलाई बचाएर एउ६ा सिंगो नेपाल बनाईदिए अहिले त्यही देशमा रा जगर्ने रे अनि त्यही दशे बचाउनेलाई चाहि ओझेलमा राख्ने रे यस्ता नेताले पनि यो देशको उन्नती र प्रगति गर्लान र खै७तिस

    21
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ चैत १४ गते १७:१८

    Prithiwi Jayanti is OUR NEPAL DAY. WE TRUE NEPALI WILL CELEBRATE THAT DAY. F**king Lampasarbadi will go to hell on that day.

    15
    1
    Share

  • Bishwa Nath Sigdel लेख्नुहुन्छ    |   २०७३ चैत १४ गते १८:४५

    1.’Mahashivaratri; is Falgun 1 Gate, Not 2 Gate.
    2. ‘Gauraparva’ was not a full holiday, it is only for some people of far western region as ‘Jitiyaparva’ in terai.

    9
    1
    Share

  • Shakshi लेख्नुहुन्छ    |   २०७३ चैत १४ गते २२:०५

    BIMALENDRA NIDHI JASTO PAGAL AND DESHROHi NETA BHAYE SAMMA tHAT NOT. POSSIBLE

    2
    0
    Share

  • संयाेग नेपाल लेख्नुहुन्छ    |   २०७३ चैत १५ गते ०:०९

    रामनवमीमा बिदा दिनुपर्ने कुनैपनि कारण देख्दिन म त । यसकाे अर्थ याे हाेईन कि म कुनै धर्मकाे बिराेध गरिराखेकाे छु, म पनि एक हिन्दु नै हुँ । देश जाेड्ने पृथ्वीनारायण शाहलाई सम्झिएर एक दिन सार्वजनिक बिदा नदिने देश फाेर्ने डाँका नेताहरूकाे कहिल्यै भलाे नहाेस् ।

    5
    0
    Share

  • Rajkumar gurung लेख्नुहुन्छ    |   २०७३ चैत १५ गते ५:३९

    it has ka pana hard paltaundai Jane r Bida Gary ko list thapdai Jane ho bhani ta kunau din 365 din j Bida Gary parts has to lag chh

    1
    0
    Share

  • बि के दास लेख्नुहुन्छ    |   २०७३ चैत १५ गते ९:१८

    गणतन्त्रबादी नेताहरु सबल र एकीकृत नेपाल होइन बिखण्डित र 22से 24से राज्य भएको नेपाल देख्न चाहन्छ ।

    2
    0
    Share

  • Anshu लेख्नुहुन्छ    |   २०७३ चैत १५ गते १२:५६

    Desh tutaunele jutauneko samman kadar garna sakxa ra??

    0
    0
    Share

  • mahesh लेख्नुहुन्छ    |   २०७३ चैत १५ गते १५:४०

    Sharwan 1 gate pani bida chahin cha
    kina vane ty0 mero janma din ho

    1
    1
    Share

  • jitendra लेख्नुहुन्छ    |   २०७३ चैत १६ गते १०:३७

    Chhata 2 din ko hunx 1 din bida diyer ke kam 1 din pani na diye hunthiyo baru.

    1
    0
    Share

  • Laxmi Marasini लेख्नुहुन्छ    |   २०७३ चैत १६ गते १०:४४

    prithivi jayentima bida dinu parne thiyo kin ki aajko Nepal lai Nepal bhaner gaurav garne banaune bhanekai tinai hun

    1
    0
    Share

  • abc koirala लेख्नुहुन्छ    |   २०७३ चैत १६ गते ११:५४

    dashain ma 15 days bida diyako bhayo hunthyo. baru aru days ka bida lai katauti garna sakinxa

    1
    0
    Share

  • टंक भणडारी (शरणामती हाल बिर्तामोड) लेख्नुहुन्छ    |   २०७३ चैत १६ गते १३:०४

    यस्ता नेताहरू भएको देशमा के बस्नु भनी बाहिर तिर यसो जान लागेको ४५ वर्ष पो पुगिएछ । सबै देशप्रेमी जनता बिदेशमा अनि राष्ट्रघाती जति नेता भएपछि के नै पो लाग्छ र । यदि होइन भने यो देशको अस्तित्वलाइ बचाएर राख्ने महापुरुष पृथ्वी नारायण शाहको लागि एकदिन सार्वजनिक विदा दिन किन यत्रो विवाद? मन परे लाइक हानुम् ।

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this