Comments Add Comment

करणको फिल्ममा साहरुख र रणवीर एकसाथ


बलिउडमा केहि कुराहरु यस्ता छन्, जसलाई आट्न कमैले मात्र सक्छन् । त्यही असंभव कुरालाई संभव मनाउन माहिर छन्, निर्देशक तथा निर्माता करण जोहर ।
करण जोहरले बलिउडका चर्चित कलाकारका छोरा छोरीलाई फिल्म नगरिमा भित्राइरहेका छन् । अब, उनै करणले बलिउडका दुई चर्चित नायकलाई एकसाथ पर्दामा ल्याउने तयारी गरेका छन् ।

एक चर्चित वेवसाइटका अनुसार, करणको सबैभन्दा प्रिय मानिएका नायक साहरुख खान र यूवापुस्ताका चर्चित नायक रणवीर कपुरलाई उनले एकसाथ पर्दामा ल्याउन लागेका हुन् ।

करणको निर्देशनमा बनेका चर्चित चलचित्रमा साहरुख खानले अभिनय गरेका छन् । दुइको केमेष्ट्री बलिउडमा सबैभन्दा धेरै चर्चाको बिषयमा रहन्छ । यस्तै, हालैमात्र ‘ए जवानी हे दिवानी’मा करण र रणवीरले काम गरेका थिए । आफ्ना दुई मनपर्ने सुपरस्टारलाई करणले एकसाथ पर्दामा ल्याउन लागेका हुन् । लभ स्टोरी जनराको कथालाई करण आफै निर्देशन गर्नेछन् ।

करणको यो लभ स्टोरीमा साहरुख र रणवीर एकसाथ देखिए भने, त्यसले पक्कै हंगामा मच्चाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment