Comments Add Comment

कांग्रेसको जागरण अभियानमा मधेसी मोर्चाको अवरोध

१४ चैत, नवलपरासी । नेपाली कांग्रेस नवलपरासीको क्षेत्र नम्बर ६ को जनजागरण अभियानलाई लक्षित गरेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको छ ।

साविक नर्सही, कुडिया, पक्लिवा, त्रिवेणी र रुपौलिया गाविस अर्थात त्रिवेणी सुस्ता गाउँपालिकाकालाई प्रदेश नम्बर ५ मा राख्नुपर्ने मागलाई सम्बोधन नगरी कांग्रेस चुनावी अभियानमा लागेको भन्दै विरोध गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका लख्खुप्रसाद यादवले बताए ।

उनीहरुले सोमबार कुडियाको कुडिया चोकमा टायर बालेर विरोध जनाएका हुन् ।

कांग्रेसको जनजागरण अभियानको लागि निस्केका मोटरसाइकल र्यालीमा मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरेको छ । मोर्चाका कार्यकर्ताले कांग्रेस कार्यकर्ताको लु १४ प ५० २२ नम्बरको मोटरसाइकल तोडफोड गरेको बेलाटारी प्रहरीले जनाएको छ ।

पक्लिहवाको रतनगञ्जमा मधेसी मोर्चाका कार्यकर्ताहरुले नवलपरासीको गुठी सूर्यपुरामा हुने कोण सभा लागि र्यालीबाट फर्कने क्रममा मोटरसाइकलमा लोडफोड गरेका हुन् । तोडफोड गर्दा २ जना घाइते समेत भएका छन । घाइते हुनेमा त्रिवेणी सुस्ता ३ बस्ने २१ वर्षका शुरज कार्की र त्रिवेणी ७ बस्ने २१ वर्षका ज्ञानप्रताप सिंह रहेको प्रहरीले जनाएको छ ।

एमाले वडा कमिटी बनाउँदै

यसैबीच नेकपा एमाले गाउँपालिका र नगरपालिकाको खाका अनुसार वडा कमिटी, गाउँ कमिटी र नगर कमिटी विस्तारमा लागेको छ ।

नवलपरासीको गैंडाकोट ३, रतनपुरको हात्तीसार र दमारमा नेकपा एमालेको भेला आयोजना गरिएको छ ।

त्यस्तै सोमबार ढोडेनीमा सभा गरिएको नेकपा एमाले नवलपुरका अध्यक्ष रोशनबहादुर गाहाले बताए । भेलालाई रोशनबहादुर गाहा, प्रदेश सदस्य हरि न्यौपाने, प्रदेश विभाग लेखा समितिका कृष्ण घिमिरे, गैंडाकोट नगरपालिका संयोजक षडानन्द लामिछाने लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment