Comments Add Comment

७ नम्बर प्रदेशमा १ हजार १०९ मतदान केन्द्र

दीपक उपाध्याय

१४ चैत, कैलाली । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि प्रदेश नम्बर ७ मा १ हजार १ सय ९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा भन्दा ८२ मतदान केन्द्र स्थानिय तह निर्वाचनमा थप गरिएको निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ ।

दोस्रो संविधान सभा निर्वाचनमा १ हजार २७ मतदान केन्द्र रहेकामा ८२ थप गरी १ हजार १ सय ९ वटा मतदान केन्द्र बनाइएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले बताए ।

स्थानिय तह निर्वाचनका लागि कैलालीमा २ सय ३२, कन्चनपुरमा १ सय ३२, डोटीमा १ सय १५, डडेल्धुरामा ७७ र अछाममा १ सय २९ मतदान केन्द्र तय गरिएको छ । यसैगरी बाजुरामा ६९, बैतडीमा १ सय २०, दार्चुलामा १ सय १० र बझाङमा १ सय २५ मतदान केन्द्र तय भएका अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment