Comments Add Comment

अष्ट्रेलिया १३७ मा अलआउट, भारतले पायो १०६ रनको लक्ष्य

१४ चैत, काठमाडौं । धर्मशाला टेष्टको दोस्रो पारीमा अष्ट्रेलिया १३७ रनमा अलआउट भएको छ । र, भारतले जितका लागि मात्र १०६ रनको लक्ष्य पाएको छ ।

६ विकेटको क्षतिमा बनाएको २४८ रनबाट तेस्रो दिनको खेल थालेको भारत लञ्च अगाडि नै ३३२ रनमा अलआउट भयो । जडेजा ६३ रनमा आउट भए ।

लगतै दोस्रो पारी थालेको अष्ट्रेलिया ५३ ओभर खेलेर १३७ रनमै अलआउट हुन पुग्यो । उसका ग्लेन म्याक्सबेलले ४५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य प्रदर्शन गर्न सकेनन् ।

भारतका कुलदीप यादव, रविन्द्र जडेजा र आ अश्विनले समान ३-३ विकेट लिए ।

टि ब्रेकपछि आजै भारतले लक्ष्य पछ्याउन सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment