काठमाडौं । राजधानीमा आउँदो शनिबार ‘वसन्त कविता’ कार्यक्रम हुने भएको छ ।
दक्षिण कोरियामा रोजगारी गरेर नेपाल फर्केका साहित्यप्रेमीहरुको समूहले कार्यक्रम गर्न लागेको हो । लाजिम्पाटमा रहेको डिल्लीरमण पुस्तकालयमा चैत २६ गते गरिने कार्यक्रममा नयाँ-पुराना पुस्ताका सर्जकहरुले रचना वाचन गर्ने कार्यक्रम संयोजक ऐश्वर्य श्रेष्ठले जानकारी गराए ।
कोरिया र नेपालको साहित्यलाई जोड्ने पुलको रुपमा कार्यक्रम गर्न लागिएको उनले बताए ।
दक्षिण कोरियामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र नेपाली साहित्य समाज दक्षिण कोरियाले दुई वर्षअघि ‘वसन्त कविता’ र डेढ वर्षअघि ‘हिउँद कविता’ संयुक्त रुपमा आयोजना गरेका थिए ।
वसन्त कविताको निरन्तरताको लागि यस पटक नेपालमा कार्यक्रम राखिएको ती संस्थाले जानकारी दिएका छन् ।