Comments Add Comment

नेपाल लाइफको २६ प्रतिशत बोनस पारित


१४ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सम्पन्न सत्रौं वार्षिक साधारण सभाले थप साधारण सेयर निष्कासन (एफपिओ) मार्फत कायम भएका शेयरधनीहरुलाई समेत दिने गरि २६ दशमलव ३१ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित भएको छ । बोनश सेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९ करोड पुगेको छ । यो रकम जीवन बीमा क्षेत्रकै सर्वाधिक हो ।

सभाबाट आर्थिक वर्ष २०७२/०७३ को संचालक समितिको बाषिर्क प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह बिवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीका गरिएको संशोधन प्रस्तावहरु सभाले स्वीकृत गरेको छ ।

यसैगरी, संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा  रमेश गुप्ता, हरिश्चन्द्र सुवेदी, विवेक अग्रवाल एवं प्रकाश बिक्रम खत्री निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment