Comments Add Comment

नवलपरासीमा स्थानीय निर्वाचनको सरगर्मीः ८ सय ९० जनप्रतिनिधि छानिने

१४ चैत, नवलपरासी । सात नगरपालिका र ८ गाउँपालिका रहेको नवलपरासीमा स्थानीय तह निर्वाचनको चहलपहल सुरु भएको छ ।

निर्वाचनबाट ८ सय ९० जना जनप्रतिनिधि चयन गर्न तीन लाख ७३ हजार मतदाताले मतदान गर्नेछन् । निर्वाचनका लागि जिल्लामा ३२ दल दर्ता भएका छन् । यी सबै दलले एक पदमा एक उम्मेदवारी दिएमा चुनावी मैदानमा २८ हजार ४ सय ८० जना उम्मेदवार हुनेछन् ।

नवलपरासीमा ७ मेयर, ७ उपमेयर, ८ गाउँपालिका अध्यक्ष र ८ उपाध्यक्ष चयन हुनेछन् । त्यस्तै, एक सय ६६ वडाबाट अध्यक्षहरु निर्वाचित हुनेछन् । एक सय ६६ वटा वडाबाट दुई खुला, एक दलित महिला र एक महिला सदस्यसहित चार सदस्यका दरले ६ सय ६४ जना वडा सदस्य चयन हुनेछन् ।

नगरपालिकाको हकमा दलित, अल्पसंख्यकबाट तीन जना नगर सदस्य र गाउापालिकामा दलित र अल्पसंख्यकबाट दुई जना सदस्य चयन हुनेछन् । सात नगरपालिकामा दलित, अल्पसंख्यकबाट २१ जना नगर सदस्य र ८ गाउँपालिकामा २ जना सदस्यका दरले १६ जना सदस्य चयन हुने जिल्ला निर्वाचन कार्यालय नवलपरासीका मुख्य निर्वाचन अधिकृत अयोधीप्रसाद उपाध्यायले जानकारी दिए ।

त्यसैगरी नगरपालिका र गाउँपालिकामा निर्वाचित सम्पूर्ण सदस्य गाउँ सभा र नगर सभाका सदस्य हुनेछन् । नगर सरकार तथा गाउँ सरकार भने नगर सभा र गाउँ सभाको तुलनामा कम हुनेछ ।

स्थानीय तहको जनप्रतिनिधि छान्दै गर्दा मतदाताले नगर सरकार र गाउँपालिका सरकार पनि एकै पटक छान्नेछन् । निर्वाचन अधिकृत उपाध्यायका अनुसार, नगरपालिकाको हकमा नगर सरकारमा मेयर र उपमेयर, वडा अध्यक्षहरु एक/एक जना, दलित र अल्पसंख्यकबाट छानिएका नगर सदस्य तीन जना र महिला सदस्य ५ जना रहनेछन् ।

त्यस्तै, गाउँपालिका सरकारमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रत्येक वडाबाट एक/एक जना अध्यक्ष, दलित र अल्पसंख्यकबाट छानिएका गाउँपालिका सदस्य २ जना र महिला सदस्य ४ जना हुनेछन् ।

यसरी छानिएको स्थानीय सरकारले स्थानीय सत्ता चलाउने र  स्थानीय सभाले नीति-नियमहरु निर्माण गर्नेछ ।

यसअघिका स्थानीय निकायको निर्वाचनबाट जनप्रतिनिधि छानेका मतदाताहरुले यस पटक जनप्रतिनिधि मात्र नभई आफ्नो स्थानीय तहको स्थानीय सरकार एकैपटक छान्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment