Comments Add Comment

रविना टन्डनले को-स्टारलाई हानिन् तीन थप्पड !

बलिउड अभिनेत्री रविना टन्डनले हालै आफ्ना एक को-स्टारको कस्सेर गाला चड्काइन् । त्यो पनि एकपटक होइन लगातार तीन पटक । तर, नआत्तिनुस । उनी झगडा परेर मारपिटमा उत्रिएकी होइनन् । यो एउटा फिल्मको लागि खिचिएको दृष्य थियो ।

उमेर छिप्पिदै गएकी रविनाले बलिउडमा कमब्याक गर्दैछिन्, फिल्म ‘मातृ’ बाट । आफ्नो कमब्याकलाई सार्थक बनाउन उनी बेजोड मिहिनेत गरिरहेकी छिन् । हरेक सीनलाई जिवन्त बनाउने उनको ध्येय छ ।

यही मेसोमा उनले को-स्टार मधुर मित्तललाई चड्कन हान्नुपर्ने दृष्य खिच्नुपर्ने थियो । निर्देशक र रविनाले सो दृष्यलाई जिवन्त पाराले कसरी खिच्न सकिन्छ भनेर छलफल गरे । त्यसपछि मधुरलाई जानकारी नदिइकन थप्पड हान्ने योजना बन्यो ।

जब सुटिङ शुरु भयो रविनाले बेस्सरी मधुरलाई थप्पड हानिन् । मधुर रन्थनिन नभ्याउदै उनले अर्को गालामा कस्सेर बजाइन् र फेरी पुरानै गालामा तेस्रो थप्पड हानिन् । मधुर रुन मात्रै सकेनन् । अनि बल्ल निर्देशकले उनलाई भने कि यो फिल्मका लागि गरिएको थियो ।

सम्वन्धित कलाकारलाई जानकारी दिएर थप्पड हान्दा नेचुरल दृष्य नआउने भएकाले यस्तो गर्नुपरेको निर्देशक र रविनाको भनाई छ । तर, यसबाट विचरा मधुरको मनमा के पर्‍यो होला उनीहरुलाई के थाहा ?

रविनाको यो फिल्म २१ अप्रिलमा रिलिज हुँदैछ । ९० को दशककी ‘फेमस’ अभिनेत्री रविना यस फिल्ममा एक दमदार कहानीमार्फत बलिउडमा कमब्याक गर्न लागेको बताइन्छ । यो फिल्म नारीप्रधान हुनेछ । त्यसो त रविना सानो पर्दामा नियमित देखिदै आएकी छिन् र उनलाई अभिनेता अरशद वारसीको साथमा रियालिटी शो ‘सबसे बडा कलाकार’ मा फेरि एकपटक जजको भूमिकामा देख्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment