Comments Add Comment

टुँडिखेलमा घोडेजात्रा, हेर्नुहोस् १३ तस्वीर


१४ चैत, काठमाडौं । परम्परागत घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको छ ।

घोडेजात्रा काठमाडौं उपत्यकामामात्र मनाइने भएपनि सरकारले राष्ट्रिय पर्वको मान्यता दिँदै काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ ।
नेपाली सेनाले टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, रक्षामन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेपाली सेनाले घोडा दौड र अश्वकला प्रदर्शन गरेको थियो । उत्कृष्ट प्रदर्शन गर्नेलाई राष्ट्रपति भण्डारीले पुरस्कार वितरण गरेकी थिइन् । हेर्नुहोस् घोडेजात्राका थप तस्वीर-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment