Comments Add Comment

घर निर्माण वा खरिद गर्दै हुनुहुन्छ ? वास्तुशास्त्र अनुसार यस्तो हुनुपर्छ ?

घर, जीवनभरको भरपर्दो र सुरक्षित आश्रयस्थल । घर बनाउनका लागि बर्षौ मिहेनत गर्छाैं । घर कस्तो बनाउने, रंग कस्तो लगाउने, कस्तो सजावट दिने इत्यादि कुरामा निकै ख्याल राख्छौं । कतिले घर निर्माणअघि वास्तुशास्त्र अनुसार जग्गा कस्तो छ, घरको मोहोडा कुन दिशामा फर्काउनुपर्छ, झ्याल ढोका कस्तो राख्नुपर्छ भन्ने कुराको अध्ययन गर्छन् ।

किन वास्तुशास्त्र ?

आफुलाई आधुनिक युगको पुस्ता ठान्ने हामीलाई वास्तुशास्त्र वाहियत जस्तो लाग्छ । यसलाई कतिले आडम्बर र अन्धविश्वास पनि ठान्छन् ।

तर, यो एक प्राचिन विज्ञान हो । वास्तुशास्त्रले निर्देश गरेको कुरा विज्ञानसंगत हुने गर्छ । हुनपनि घर निर्माणअघि भू धरातलदेखि हावाको वहकावसम्मको ख्याल गर्न सक्यो भने त्यसले प्रत्यक्ष फाइदा गर्छ ।

वास्तुशास्त्रमा आवासीय भवन निर्माण गर्दा कोठको दिशा र कोणहरुबारे सविस्तार उल्लेख गरेको छ ।

प्रवेशद्वार कहाँ हुनुपर्छ ?

घरको मूख्य प्रवेशद्वार वास्तुको हिसावले विशेष मानिन्छ । किनभने यसैले घरमा सकारात्मक र नकारात्मक उर्जा दिने हो । यदि घरको मूख्य ढोका सहि दिशामा छ भने त्यसले सुख, समृद्धि कायम राख्ने विश्वास गरिन्छ ।

प्रमूख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो र ठूलो हुनुपर्छ । ढोका राम्रोसँग खुल्ने र आवाज नआउने हुनुपर्छ । घरको कुनैपनि ढोका धरातलभन्दा तल हुनु हुँदैन ।

–     घरमुलीको कोठा दक्षिण-पश्चिम दिशामा हुनुपर्छ । यदि त्यस दिशामा सम्भव भएन भने उत्तर-पश्चिम दिशा दोस्रो सर्बश्रेष्ठ विकल्प हो ।

–     उत्तर-पूर्वमा कुनैपनि बेडरुम हुनु राम्रो मानिदैन ।

–     शौचालय एवं स्नानघर दक्षिण-पश्चिम दिशामा हुनु सर्वश्रेष्ठ मानिन्छ ।

–     घरको सीढी प्रवेशद्वारको सामुन्नेमा हुनुपर्छ । र, सिढीको संयख विषम २१, २३, २५ हुनुपर्छ ।

–     घरको अधिकांश ढोका र झ्याल उत्तर-पूर्वी दिशामा खुल्नुपर्छ ।

–     दक्षिण पश्चिममा खुल्ने ढोका वास्तुको हिसावले सहि मानिदैन । किनभने यस दिशामा नकारात्मक उर्जा प्रवाह हुन्छ, जसले संघर्ष र दुर्भाग्य ल्याउँछ ।

–     दक्षिण-पूर्वी दिशामा खुल्ने ढोकाले पनि घरमा दुख, क्रोध निम्त्याउँछ ।

–     जुन घरको ढोका दक्षिणतर्फ खुल्छ, त्यसमा राम्रो उर्जा प्रवाह हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment