Comments Add Comment

नेपालमा लगानी गर्नुस्, जोखिम छैनः मन्त्री जोशी

फाइल तस्वीर

१४ चैत, काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपालमा लगानीको वातावरण तयार भएको भन्दै विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका छन् । लगानीका क्रममा देखिने नीतिगत जटिलता फुकाउन सरकारले प्रयास गरिरहेको उनले जानकारी दिए ।

राजधानीमा भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री जोशीले नेपालका राजनीतिक दलहरु विकासका मुद्धामा केन्दि्रत भएको बताए । उनले भने, ‘राजनीतिक मुद्दामा दलहरु अलगअलग धारमा रहेका छन् तर, विकासमा सबैको साझा धारणा छ । अब नेपालमा आर्थिक क्रान्ति हुनपर्छ भन्ने सबैको भनाइ छ । ‘

बैदेशिक लगानी बिना कुनैपनि देश अघि नबढेको भन्दै उनले सबै दलमा बैदेशिक लगानी भित्राउनु पदर्छ भन्ने साझा धारणा विकास भएकेा दाबी गरे । उनले थपे ‘नीतिगत जटिलता हटाउन लागेका छौं, यस्ता जटिलता एकै दिनमा हटाउन सकिन्न । देशमा लगानीको वातावरण तयार भएको छ, ढुक्क भएर लगानी गर्नुस् ।’

लगानी सहज बनाउन एकद्वार प्रणाली कायम गर्न प्रयासरत रहेको जोशी बताउँछन् । विदेशी लगानी आकर्षण गर्न सरकारले सक्दो प्रयास गरिरहेको उनले बताए ।

उद्योग मन्त्रालयका सचिब शंकरप्रसाद कोइरालाले पनि देशमा वैदेशिक लगानी आकषिर्त गर्नको लागि नीतिगत जटिलताहरु फुकाउने प्रयास गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment