Comments Add Comment

प्रेग्नेन्सीको अन्तिम तेस्रो हप्ता के गर्ने ? जान्नैपर्ने कुरा

गर्भावस्थालाई निकै संवेदनसिल मानिन्छ । यतिबेला गर्भवतीले गर्ने कामको सोझो असर गर्भको बच्चामा त पर्छ नै, साथसाथै आमा र बच्चाको स्वास्थ्यमा पनि असर गर्न सक्छ । त्यसैले गर्भावस्थामा आमाले बिशेषतः आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ ।

जस्तो कि, पोषिलो खानेकुरा सेवन गर्ने, झोलयुक्त पदार्थ सेवन गर्ने, खानाको समय तालिका निर्धारण गर्ने । तर, यतिले मात्र पनि पुग्दैन । यो समयमा महिलाको निम्ती पीडादायी हुन्छ । उनीहरुको स्वास्थ्य सामन्य हुदैन । यद्यपी उनीहरु धेरै चिन्तित हुने, रिसाउने, र्झकने, तनाव लिने बानीमा पनि नियन्त्रण गर्नुपर्छ । किनभने आमाको मनोबिकारले गर्भमा रहेको बच्चामा प्रत्यक्ष असर गर्छ ।

सकारात्मक सोंच्ने, प्रशन्न रहने, शान्त रहने अभ्यास गर्नुपर्छ । संभव भएसम्म प्रणयाम, ध्यान, योग, हल्का व्यायम गनु सर्बोत्तम हो । गर्भाअवस्थामा गर्ने यौगिक बिधी भने अलि भिन्न हुन्छ । यसका लागि योग प्रशिक्षकसँग परामर्श लिन सकिन्छ ।

अन्तिम तेस्रो साता

जतिजति समय बित्दै जान्छ, गर्भको बच्चा बिकसित हुँदै जान्छ । स्वभाविक रुपमा यसले गर्भवतीलाई असहज हुन सक्छ । एक किसिमको कौतुहलता, भयले पनि मनलाई अशान्त बनाइदिन्छ । त्यसबाहेक शारीरिक पीडा पनि क्रमस थपिदै जान्छ ।

बच्चा जन्मने अन्तिम तीन महिना शरीर भारी हुन्छ । यताउता हिँडडुल गर्न गाह्रो हुन्छ । चाडै थकान लाग्छ । निन्द्रा पनि पुरा हुन पाउँदैन । यदि तपाई पनि यस्तै समस्यबाट गुजि्ररहनु भएको छ भने निम्न टिप्स तपाईको निम्ति उपयोगी हुन सक्छ ।

–     गर्भमा रहेको बच्चाको दवाबले योनिमुखमा धेरै दवाब पर्छ, जसले धेरै पीडा हुन्छ । यसबाट बच्नका लागि आइस प्याक प्रयोग गर्न सकिन्छ ।

–     यस समयमा राम्रो गुणस्तरको सिरानी प्रयोग गर्नुपर्छ ।

–     यदि स्तनमा पीडा भए वा गर्भी महसुष भएमा ब्रालाई फ्रिजरमा राख्ने र लगाउने ।

–     धेरै घोप्टो पर्न गाह्रो हुने हुँदा पानी भुँईको सतह, टेबल आदिमा भएको कुनैपनि सामग्री उठाउन चिम्टाको प्रयोग गर्न सकिन्छ ।

–     आफुले सजिलै भेट्न सकिने स्थानमा पिउने पानीको जोहो गर्नुपर्छ ।

–     यो अवस्थामा केहि यस्ता योगासन गर्न सकिन्छ, जसले मांशपेसी, पिँठ्यु, कम्मरको दुखाईमा राहत मिल्छ ।

–     आफ्नो आसपास सुगन्धित एसेन्सियल आयल छर्कनुहोस् । यसले तपाईको मनलाई शान्त तुल्याउन मद्दत गर्छ ।

–     सादा पानी पिउन मन लागेन भने कागती वा कुनै जडिबुटी मिश्रति पानी पिउनुपर्छ ।

–     संभव भएसम्म हरेक दिन यताउता टहल्ने गरौं, यसले शरीरको नासामा आरम मिल्छ र रक्त प्रवाह पनि राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment