Comments Add Comment

विपाशाको सम्पत्ति श्रीमानको भन्दा कैयौं गुणा बढी

बलिउड अभिनेत्री विपाशा बशु लामो समयदेखि फिल्मबाट टाढा छिन् । उनी अक्सर श्रीमान करण सिंह ग्रोवरका साथ रेस्टुरेन्ट बाहिर वा विदेशमा भ्याकेसन मनाइरहेकी हुन्छिन् ।

विपाशा र करणको विहे अघिल्लो वर्षको अपि्रलमा भएको हो । बलिउडमा श्रीमानभन्दा निकै सिनियर हुन् विपाशा । अनुभवको मामलामा होस वा कमाईको श्रीमानभन्दा उनी कोशौं अगाडि छिन् ।

बिपाशाको व्यक्तिगत सम्पत्ति १ अर्ब भारु छ भने उनका श्रीमानको सम्पति भने मात्र १३ करोड ६० लाख भारु छ । विपाशाको हातमा अहिले फिल्म छैनन् तर थुप्रै बहुराष्ट्रिय कम्पनीहरुको विज्ञापनमा उनी व्यस्त छिन् ।

विपाशा स्टेज शोमा पनि छाएकी छिन् । उनी एउटा शोको करीब २ करोड भारु चार्ज गर्छिन् ।

विपाशासँग लग्जरी गाडीहरुको राम्रै कलेक्सन छ । यसका अलावा उनीसँग मुम्बई नजिकको इलाकामा दुई घर पनि छन् । उनको एउटा घर कोलकातामा पनि छ । उनी मुम्बईमा अर्को पनि घर खरिदको तयारीमा रहेकी छिन् ।

विपाशासँग अहिले फिल्मको अफर खासै छैनन् । तर व्यस्त रहेका बेला उनी एउटा फिल्मको ३ देखि ५ करोड भारुसम्म लिने गर्थिन् ।

यता उनका श्रीमान करण भने टेलिभिजनका लोकपि्रय अभिनेता हुन् । करणले एक दिनको सुटिङका लागि ८० हजार भारु पाउँछन् । टिभी र फिल्मको अलावा उनले रियालिटी शोमा काम गरेर आफ्नो सम्पत्ति बडढाएका छन् । उनीसँग एउटा कार तथा मुम्बईको हाइराइज अपार्टमेन्टमा एक फ्ल्याट पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment