Comments Add Comment

२.० मा रजनीकान्तको ५ र अक्षयकुमारको १२ रोल

यो वर्ष बलिउडमा रिलिज हुने ठूला फिल्ममध्ये पर्छ रजनीकान्त र अक्षयकुमार अभिनीत २.० । शंकरले निर्देशन गरेको यस फिल्ममा रजनीकान्तले ५ फरक भूमिका निभाएका छन् भने अक्षयकुमार १२ वटा भूमिकामा देखिनेछन् ।

रजनीकान्त यो फिल्ममा वैज्ञानिक, रोबोट, भिलेन र दुई पुड्का व्यक्तिको रोलमा देखिन लागेका हुन् । यता अक्षयकुमारको भूमिकाको बारेमा भनेमा केही बताइएको छैन । तर, सूत्रका अनुसार उनका बढिजसो भूमिका नकारात्मक छन् ।

यो फिल्म तमिल, हिन्दी र तेलुगु भाषामा रिलिज हुनेछ । यस फिल्मको निजी च्यानल जी नेटवर्कसँग डिल भइसकेको छ । ‘जी’ ले यस फिल्मको तमिल, तेलुगु र हिन्दी भर्सनको स्टाटेलाइट राइट पनि खरिद गरेको छ । यो डिल ११० करोड भारुमा तय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment