Comments Add Comment

कांग्रेस बैठक आज पनि, केन्द्रीय सदस्यहरुले धारणा राख्ने

 

१५ चैत, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले आज तेस्रो दिन पनि निरन्तरता पाउने भएको छ । आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम नसकिएपछि बैठकले आज पनि निरन्तरता पाएको हो ।

बैठक मंगलबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ । मंगलबारको बैठकमा पार्टी र समसामयिक विषयमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् ।

बैठकले यसअघि सभापति देउवाको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो । बैठकले पार्टीका ४२ वटा केन्दीय विभाग कायम गर्ने समेत निर्णय गरेको थियो ।

त्यस्तै, वरिष्ठ नेता रामचन्द्र  पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment